भारत – भारतको उत्तर प्रदेशका भाजपा विधायक कुलदीप सिंह सेन्गर र अन्य दश जनाविरुद्ध एउटा सडक दुर्घटना गराएर कारमा सवार एक युवती र उनको परिवार सदस्यलाई मार्न लागेको भन्दै मुद्दा दायर गरिएको छ ।
आइतबार भएको एउटा ट्रकले ‘उन्नाव बलात्कार काण्ड’ भनेर परिचित घटनाकी पीडित किशोरी चढेको कारलाई ठक्कर दिएको थियो । कारमा ती किशोरीसँगै उनको वकिल र उनका दुई अन्टीहरु सवार थिए ।ट्रकको ठक्करबाट किशोरी र वकिल गम्भिर घाइते छन् भने दुई जना महिलाको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रहरीमा गरिएको उजुरीमा १० जनाको नाम किटेर र अन्य अज्ञात १५–२० व्यक्तिविरुद्ध पनि मुद्दा दायर गरिएको छ । भाजपा विधायक कुलदीपको अतिरिक्त मनोज सिंह सेन्गर, विनोद मिश्र, हरिपाल सिंह, नवीन सिंह, कोमल सिंह, अर्जुन सिंह, ज्ञानेन्द सिंह, रिकूं सिंह, अवदेश सिंहको नाम उजुरीमा उल्लेख छ ।
१९ वर्षे बलात्कार पिडिताको आमाले कुलदीपले ट्रकले ठोक्काएर आफ्नो सम्पूर्ण परिवारलाई ‘सफाया गर्ने प्रयास’ गरेको आरोप लगाएकी छिन् ।
प्रतिक्रिया