उत्तर कोरियाले गर्यो अर्को मिसाइल परिक्षण,अमेरिका र दक्षिण कोरियासँग असन्तुष्ट

बुधबार, १५ साउन २०७६, १२ : ४०

विश्व – उत्तर कोरियाले एक हप्ताभित्र दोस्रो पटक मिसाइल परिक्षण गरेको छ ।

मिसाइल परिक्षणमार्फत उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग असन्तुष्टी व्यक्त गरेको विज्ञले बताएका छन् ।

यो जानकारी दक्षिण कोरियाको सेनाले दिएको हो । उसका अनुसार उत्तर कोरियाले वनसन सहरबाट दुई वटा छोटो दुरीको मिसाइल प्रक्षेपण गरिएको हो ।

उत्तर कोरियाको उक्त तटिय सहरबाट बुधबार विहान मिसाइल प्रक्षेपण गरिएको दक्षिण कोरियाको सेनाले विज्ञप्तीमा बताएको छ । मिसाइल १९ माइल उचाई पुगेर १५५ माइल पूर्व गएर खसेको थियो ।

बुधबार, १५ साउन २०७६, १२ : ४०

प्रतिक्रिया