साउन १ देखि नेपाल बैंकको इन्टरनेट बैंकिङ सेवा बन्द, ग्राहकले के गर्नुपर्छ?

सोमबार, २९ असार २०८३, १४ : २१

काठमाडौं- नेपाल बैंक लिमिटेडले आगामी साउन १ गतेदेखि आफ्नो इन्टरनेट बैंकिङ सेवा पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ। बैंकले सार्वजनिक सूचना जारी गर्दै ग्राहकहरूलाई डिजिटल बैंकिङ सेवाका लागि नयाँ वैकल्पिक माध्यम प्रयोग गर्न आग्रह गरेको हो।

बैंकका अनुसार हाल इन्टरनेट बैंकिङमार्फत उपलब्ध हुँदै आएका अधिकांश सेवाहरू अब मोबाइल बैंकिङ एप तथा आधिकारिक डिजिटल लगइन प्लेटफर्ममार्फत सहज रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

डिजिटल सेवा थप सुरक्षित, आधुनिक र प्रभावकारी बनाउने उद्देश्यले इन्टरनेट बैंकिङ सेवा बन्द गरी नयाँ प्रणालीमा सेवा केन्द्रित गरिएको बैंकले जनाएको छ।

सेवा परिवर्तनका क्रममा ग्राहकहरूलाई केही समय असुविधा हुन सक्ने उल्लेख गर्दै बैंकले त्यसप्रति क्षमायाचना गरेको छ। साथै, ग्राहकलाई नयाँ डिजिटल माध्यम प्रयोग गर्न तथा आवश्यक परे बैंकका शाखा वा ग्राहक सेवा केन्द्रबाट थप जानकारी लिन आग्रह गरिएको छ।

सोमबार, २९ असार २०८३, १४ : २१

प्रतिक्रिया