सुनसरी- सुनसरीको देवानगञ्ज र हरिनगर गाउँपालिकामा साउने सोमबारको बोलबम जलयात्राका क्रममा डिजे बजाउने विषयलाई लिएर दुई समुदायबीच हिंसात्मक झडप भएपछि जिल्ला प्रशासन कार्यालयले संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ।
घटना आइतबार राति कोशी ब्यारेजबाट जल लिएर फर्किरहेका बोलबम यात्रु र अर्को पक्षबीच भनाभनबाट सुरु भएको थियो। विवाद चर्किँदै जाँदा ढुङ्गामुढा, तोडफोड र आगजनी भएको थियो। बजार क्षेत्रका घर, मेडिकल, सवारीसाधन तथा अन्य संरचनामा क्षति पुगेको बताइएको छ।
स्थिति नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेपछि पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाइएको थियो। गोली लागेर देवानगञ्जका ओमप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको छ।
घटनामा सर्वसाधारण, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सदस्यसहित कुल २२ जना घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया