टुरिष्ट बस एशोसिएशन अफ नेपालको अध्यक्षमा ढकनाथ काफ्ले निर्वाचित

आइतबार, २५ असोज २०८३, १४ : १४

काठमाडौं- पर्यटक बस व्यवसायीहरुको छाता संस्था टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान) को अध्यक्षमा ढकनाथ काफ्ले निर्वाचित भएका छन् ।

एशोसियशनको शुक्रबार सम्पन्न १५ औँ वार्षिक साधारणसभा तथा आठौँ निर्वाचनबाट काफ्लेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । एशोसियशनको प्रथम उपाध्यक्षमा सुजन आचार्य, द्धितीय उपाध्यक्षमा चिरञ्जीवी गिरी, महासचिवमा अशोक अर्याल निर्वाचित भएको निर्वाचन समितिका संयोजक सुशील दाहालले जानकारी दिए।

यस्तै, कोषाध्यक्षमा सुजन दाहाल, सदस्यमा रमेश पौडेल र छविलाल घिमिरे निर्वाचित हुनुभएको छ । दुई दशकदेखि नेपालको पर्यटन क्षेत्रमा क्रियाशिल नवनिर्वाचित अध्यक्ष काफ्ले यसअघि टिवानको पूर्व उपाध्यक्ष तथा नेपाल एशोसियशन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) केन्द्रको सहकोषाध्यक्ष भइसकेका छन् । 

कार्यक्रममा टिवानका अध्यक्ष भीष्म न्यौपानेले लामो समयदेखि टिवानले पर्यटक बसपार्कको मुद्दा उठाउँदै आएपनि उक्त कुरा पूरा हुन नसकेको गुनासो गरे । 

आइतबार, २५ असोज २०८३, १४ : १४

प्रतिक्रिया