वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक्टोबर ११ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन शुक्लपक्ष । तिथि–प्रतिपदा, बेलकी ८ बजेर ३९ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–चित्रा, बेलुकी १० बजेर ५४ मिनेट उप्रान्त स्वाती ।
योग–वैधृती, बेलुकी १० बजेर ३० मिनेट उप्रान्त विष्कुम्भ । करण–किंस्तुध्न, बिहान ८ बजेर ३३ मिनेट उप्रान्त बव, बेलुकी ८ बजेर ३९ मिनेट उप्रान्त बालव । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–कन्या, बिहान १० बजेर २८मिनेट उप्रान्त तुला । शारदिय नवरात्र प्रारम्भ । घटस्थापना । काठमाडौँमा सूर्योदय बिहान ६ बजेर २ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३७ मिनेट । दिनमान २९ घडी ० पला ।
आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । चाडबाड लक्षित सामानको व्यापारबाट लाभ लिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । ईमान्दारिता तथा लगानशीलताले गन्तव्य पहिल्याउन सहज हुनेछ । महंंगा तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । छोटो दुरीको यात्राको तय हुनेछ । धार्मिक काममा मन जानेछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई हराउँदै अग्र पंत्तिमा आउन सकिनेछ । पुराना ऋण तथा समस्याहरू हल भएर जानेछ । मामा तथा मावली पक्षको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । अध्ययन वा काममा प्रविधिको प्रयोग गर्न सकिनेछ । यात्रा, किनमेल तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । खाद्यान्न, कपडा तथा औषधीजन्य सामानको व्यापारबाट लाभ लिन सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययनमा समय दिन सकिने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । ईमान्दार तथा लगनशील भई लाग्नाले सम्मान पाइनेछ । चाडबाड लक्षित सामानको व्यापारबाट लाभ लिन सकिनेछ भने खाद्यान्न तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमता पूर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्ने तथा उपहार प्राप्तिको योग रहेको छ । सन्तान तथा आफन्तबाट सहयोग रहने हुनाले मन प्रसन्न रहनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) गीत संगित तथा नृत्यको क्षेत्रमा राम्रो प्रगती गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । छोटो दुरीको यात्राको योग रहेको छ भने पारिवारिक मिलनले मन प्रसन्न हुनेछ । तरपनि राजनीतिकर्मी तथा सामाजिक क्षेत्रमा काम गर्नेहरूका लागि जनताको आलोचनात्मक समर्थन रहनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) छोटो दुरीको उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ । पहिरन तथा खाद्यान्नको व्यापारबाट प्रशस्त आम्दानी गर्न सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रसन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । पुराना विवादित बिषयहरु हल भएर जानेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) गित संगित तथा साहित्यको क्षेत्रमा समय खर्चदै हुनुहुन्छ भने नाम तथा दाम दुवै कमाउन सकिनेछ । धन तथा भौतिक सम्पत्ति परिचालन गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा आत्मीयता बढ्नेछ भने पारिवारिक माहौलमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । भोजन, पहिरन तथा खाद्यान्नसँग सम्बन्धित व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । धर्मसस्कृती जोगाउन तपाईँको महत्त्वपूर्ण भूमिका रहनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सानातिना समस्या देखिएपनि लगनशील भएर लाग्नाले सफलताको शिखर चुम्ने ग्रहयोग रहेको छ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरूभन्दा अगाडी बढ्न सकिनेछ । दाजुभाइले तपाईँको काममा सहयोग गर्ने हुनाले ठुला तथा उपलब्धिमूलक काम गर्न सकिनेछ । मानव निर्मित तथा भौतिक साधनहरू प्राप्तिको योग रहेको छ । व्यापार व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरू फराकिला पार्न सकिनेछ । धार्मिक तथा मनोरञ्जनात्मक यात्राको तय हुनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समयमा काम नबन्ने हुनाले आर्थिक पाटाहरू कमजोर रहनेछन् । लेनदेनको विवादले आत्म सम्मानमा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । शरीरमा आलस्यता बढेर जानेछ भने भौतिक तथा विलाशी वस्तु हराउन सक्छ ख्याल गर्नुहोला । तरपनि लामो दुरीको यात्राको तय हुनेछ । विदेशमा बसेर काम गर्नेहरूका लागि वा विदेशी सामानको व्यापार गर्नेहरूका लागी समयले साथ दिनेछ । स्वास्थ्य सामाग्री तथा पूजा सामाग्रीको व्यापार गर्नेहरूका लागी समय राम्रो रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) मनपरेको मानिसबाट चिट्ठा तथा उपहार पाईने हुदा मन प्रफुल्लित हुनेछ । आफन्त तथा अग्रजबाट काममा सहयोग तथा उचित सल्लाह पाइनेछ । तरल पदार्थ, खाद्यान्न तथा धार्मिक सामग्रीको व्यापारमा बढोत्तरीको योग रहेको छ । प्रणय सम्बन्धलाई विवाहमा परिणत गर्न सकिनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) इच्छाशक्ति बढ्नुका साथै रमाइलो यात्राको तय हुनेछ । प्रयत्न गरेको काम छिट्टै पुरा हुने तथा समयको सदुपयोग गरि मनग्गे लाभ लिन सकिनेछ । साथिभाईहरुको सहयोग पाइनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन् । प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ ।परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिलो भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने ग्रहयोग रहेको छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) जिम्मेवारी प्राप्त हुने तथा सफलतापूर्वक सम्पादन गर्न सकिने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । साथीभाइ तथा आफन्तका साथ रमाइलो वातावरणमा दिन बित्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धीमा अरूभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ । सरकारी क्षेत्रमा तपाईंको गतिलो उपस्थितिले समाजमा छुट्टै पहिचान बनाउन सकिनेछ । बिहानीपख धार्मिक यात्रा हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरू प्रभावित हुनेछन् । चिन्ता तथा छपट्टिले ऊर्जा तथा आत्मविश्वासमा कमी ल्याउनेछ । यात्रा गर्दा बाहिरी वातावरण तथा परिस्थिति बुझेर मात्र गर्नुहोला । धन सम्पत्ति तथा पैतृक धन हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । तरपनि साहित्य लेखन तथा अनुसन्धानको क्षेत्रमा काम गर्नेहरूका लागी समय राम्रो रहेको छ । आफ्नो पेशा व्यावसायमा निरन्तर लाग्नेहरूका लागी समयले साथ दिनेछ ।
प्रतिक्रिया