विप्रेषण आयात ५.६ प्रतिशतले बढ्दा कतार जाने घटे, मलेसिया जाने बढे

५ बर्ष अगाडि

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा विप्रेषण आप्रवाह ५.६ प्रतिशतले वृद्धि भएको छ ।

पछिल्लो समय खाडी लगायतका मुलुकमा देखिएको स्थिरता तथा कतार संकट समाधानको दिशामा अगाडि बढेका कारण विप्रेषण आप्रवाहमा वृद्धि भएको हो ।

नेपाल राष्ट्र बैंकले बिहिबार प्काशित गरेको विवरणअनुसार गत चैत मसान्तसम्म रु पाँच खर्ब ४० अर्ब ३८ करोड  विप्रेषण आप्रवाह भएको छ ।

दक्षिण कोरिया जाने कामदारको संख्यामा वृद्धि भएको, मलेसियामा तथा कताारबाट पनि विप्रेषणको मात्रामा वृद्धि भएका कारण अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने गरी विप्रेषण आप्रवाह बढेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले बढेको थियो ।

यस्तै खुद ट्रान्सफर आय भने रु. ६ खर्ब २१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९.९ प्रतिशतले बढेको थियो ।

पुनः श्रम स्वीकृति लिने घटे

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या  समीक्षा अवधिमा ६.८ प्रतिशतले घटेको छ । तर पुनः श्रम स्वीकृति लिनेको संख्यामा भने कमी आएको छैन ।

 अघिल्लो वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको  संख्या ३.२ प्रतिशतले घटेको थियो ।

मलेसिया जाने बढी

चालु आवको नौ महिनामा ८९ हजार ११ जना मलेसिया गएका छन् । गत वर्ष ६९ हजार ६३८ जना मात्रै मलेसिया गएका थिए । प्रतिशतका आधारमा गत वर्ष २३.१ प्रतिशत मलेसिया गएका थिए भने यस वर्ष बढेर ३१.६ प्रतिशत कामदार मलेसिया गएकका छन् ।

यस्तै गत वर्ष ९९ हजार ९९६ जना कतारमा रोजगारीको लागि गएका भएपनि यस वर्ष २८्३ प्रतिशतमा सिमित भई ७९ हजार ६०७ जना मात्रै कतार गएका छन् । कतारमा छिमेकी मुलुकले लगाएको नाकाबन्दी तथा राजनीतिक तथा कुटनीतिक संकटका कारण पनि कतार जाने कामदारको संख्याम ागिरावट आएको हो ।

यस्तै गत वर्ष ४१ हजार ५७० जना यूएई गएका थिए भने यस वर्ष बढेर ४४ हजार सात जना यूएई गएका छन् ।

गत वर्ष १० हजार १६ जना कुवेत गएकामा यस वर्ष १२ हजार १५१ जना कुवेत गएका छन् ।

यस्तै ६२ हजार २७७ जना साउदी अरब गएकामा यस वर्षको नौ महिनाको अवधिमा ३२ हजार ३६१ जना  साउदी अरब गएका छन् ।

यस्तै गत वर्ष ३ हजार १८० जना बहराइन गएकामा यस वर्ष ३ हजार ८५५ जना गएका छन् ।

लेवनान जानेको संख्या गत वर्ष १३३ रहेकोमा यस वर्ष मात्रै १७ जना गएका छन् । गत वर्ष १०४ जना इजरायल गएकामा यस वर्षम ात्रै ९४ जना गएका छन् । गत वर्ष  कूल तीन लाख एक हजार ८७६ जना नेपाली वैदेशिक रोजगारीमा यस वर्षको नौ महिनामा दुई लाख ८१ हजार ४०५ जना नेपाली नागरिक वैदेशिक रोजगारमिा गएका छन् ।

गत वर्ष दुई लाख तीन हजार ८२३ जना नेपाली कामदारले पुनः श्रम स्वीकृति लिएकामा यस वर्ष ३.१ प्रतिशतले घटेर एक लाख ९७ हजार ५१७ जना कामदारले पुनः श्रम स्वीकृति लिएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया