निर्जीवन बीमा

एक वर्षमै निर्जीवन बीमा कम्पनीको कारोबार ५० अर्ब नाघ्यो, कसको कति ?

बुधबार, १३ साउन २०८३, १५ : ०७

काठमाडौं- गत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले ५० अर्ब ६० करोड रुपैयाँभन्दा बढी बीमा व्यवसाय गर्दै उल्लेखनीय वृद्धि हासिल गरेका छन्।

अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीहरूको कुल बीमा शुल्क आर्जन १५.१२ प्रतिशतले बढेको हो। आर्थिक वर्ष २०८१/८२ मा यी कम्पनीहरूले ४३ अर्ब ९५ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका थिए।

समीक्षा अवधिमा शिखर इन्स्योरेन्सले ६ अर्ब ५१ करोड रुपैयाँ बराबरको बीमा व्यवसाय गर्दै सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनीको स्थान कायम राखेको छ।

यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स दोस्रो स्थानमा रहँदा हिमालयन एभरेष्ट इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सले सर्वाधिक वृद्धि दर हासिल गरेका छन्।

अन्य अधिकांश निर्जीवन बीमा कम्पनीहरूले पनि मध्यम दरको व्यवसायिक वृद्धि कायम राखेका छन् भने राष्ट्रिय बीमा कम्पनी र नेशनल इन्स्योरेन्सको व्यवसाय अन्य कम्पनीहरूको तुलनामा न्यून रहेको देखिएको छ।

बुधबार, १३ साउन २०८३, १५ : ०७

प्रतिक्रिया