अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनबाट अमेरिका भित्रिने ३ खर्ब अमेरिकी डलर मूल्य बराबरका चिनीयाँ सामग्रीमा थप शुल्क लगाउने बताएका छन् ।
आगामी सेप्टेम्बर महिनाको १ तारिख देखि उक्त नियम लागु हुन लागेको हो ।
आफ्नो ट्वीटमार्फत उनले भने, ‘व्यापार वार्ता जारी छ, अमेरिकाले सेप्टेम्बर महिनाको १ तारिखदेखि चीनबाट हाम्रो देशमा आउने गरेको ३ खर्ब अमेरिकी डलरका सामग्रीमा १० प्रतिशत शुल्क थप हुन्छ ।’
नयाँ शुल्कले उक्त निर्णयले आइफोन र अन्य इलेक्ट्रोनिक्स तथा खेलौनालगायतका सामग्रीको शुल्क बढनेछ जसले गर्दा अमेरिकी उपभोक्तालाई पहिलेको भन्दा बढी समस्यामा पार्नेछ ।
प्रतिक्रिया