भोटेकोशीको बाढीले सम्पूर्ण नेपालीलाई पीडा दिएको छः प्रधानमन्त्री शाह

बुधबार, १७ भदौ २०८३, १३ : २७

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङका नागरिकको मात्रै नभई सम्पूर्ण नेपालीको छातीमा पीडा दिएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले बाढीले क्षणभरमै धेरैका आफन्त गुमाएको भन्दै दुःख व्यक्त गरे । विपद्को कठिन घडीमा सरकार पछि नहट्ने बताउँदै उनले उद्धार, राहत र पुनर्निर्माणका काम तीव्र पारिएको जानकारी दिए ।

प्रधानमन्त्री शाहले विपद्को सामना गर्न सबै राजनीतिक दल र नागरिकलाई एकजुट हुन आग्रहसमेत गरे ।

बुधबार, १७ भदौ २०८३, १३ : २७

प्रतिक्रिया