मन्त्रिपरिषद्को बैठक बस्दै

विहीबार, २५ भदौ २०८३, ११ : ०१

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ः०० बजे बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । 

यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीपछि सरकारका सबै संयन्त्र खोज, उद्धार, उपचार, राहत र प्रभावितको पुनःस्थापनामा निरन्तर जुटिरहेका छन् ।

सोही सन्दर्भमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत र पुनःस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न बैठक बोलाएको जनाइएको छ ।

विहीबार, २५ भदौ २०८३, ११ : ०१

प्रतिक्रिया