Delhi Mahal Groupसहित चार संस्थाको पहलमा बाढीपीडितलाई ११ लाखको राहत

मंगलबार, ३० भदौ २०८३, १३ : १७

काठमाडौं- हालै देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले करिब ११ लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराइएको छ।

Delhi Mahal Group, Sitaram Gokul Milks Pvt. Ltd., Arya International Pvt. Ltd. र Puja Surti Udhyogको संयुक्त पहलमा उक्त राहत सामग्री संकलन गरी नुवाकोटतर्फ पठाइएको हो।

करिब ४०० प्रभावित परिवारलाई लक्षित गरी काठमाडौंको बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट राहत सामग्री पठाइएको जनाइएको छ। उक्त सामग्री नुवाकोटको विदुर नगरपालिका–५ पिपलटार, विदुर नगरपालिका–१, त्रिशूली बजार तथा बेत्रावती र रसुवाका बाढी–पहिरो प्रभावित नागरिकलाई वितरण गरिनेछ।

विपद्को कठिन समयमा प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराई उनीहरूको दैनिकी सहज बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।

राहत सामग्री पठाउने कार्यक्रममा सम्बन्धित चारवटै संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।

विपद्का समयमा सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यले प्रभावित नागरिकलाई राहत तथा सहयोग पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले आगामी दिनमा पनि मानवीय सहयोग तथा सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता पहललाई निरन्तरता दिने प्रतिबद्धता संस्थाहरूले जनाएका छन्।

मंगलबार, ३० भदौ २०८३, १३ : १७

प्रतिक्रिया