काठमाडौं- पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा PMGO साउथ एसिया फाइनल्स २०२६ आयोजना हुने भएको छ। भदौ ३१ देखि असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुनेछ।
प्रतियोगिताको मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक रहेको छ। नेपालमा गेमिङ तथा ई–स्पोर्ट्सप्रति बढ्दो आकर्षणलाई थप प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिता अवधिभर दर्शक तथा सहभागीका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक एक्सपेरियन्स जोन सञ्चालन गरिनेछ। उक्त क्षेत्रमा मनोरञ्जनात्मक खेल, चुनौतीपूर्ण गतिविधि, विभिन्न प्रतियोगिता, फोटो खिच्ने अवसर तथा तत्काल उपहार वितरणलगायतका कार्यक्रम सञ्चालन हुनेछन्।
त्यस्तै, प्रतियोगिता अवधिभर एक्स्ट्रिम फन एन्ड एक्सपेरियन्स जोन, वाच पार्टी जोन, एक्स्ट्रिम गेमिङ च्यालेन्ज तथा एक्स्ट्रिम फोटो एन्ड कन्टेन्ट जोन समेत सञ्चालन गरिने आयोजकले जनाएको छ। यी गतिविधिले प्रतियोगितामा सहभागी खेलाडी तथा दर्शकलाई गेमिङसँगै मनोरञ्जन र नयाँ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
चार दिनसम्म सञ्चालन हुने PMGO साउथ एसिया फाइनल्सले नेपालमा ई–स्पोर्ट्स तथा गेमिङ संस्कृतिको विकास र प्रवर्द्धनमा थप योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेको छ।
प्रतिक्रिया