आज कुन राशिलाई कस्तो ? हेर्नुहोस् राशिफल

विहीबार, ०१ असोज २०८३, ०७ : ३८

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल असोज १ गते । बिहीबार । इस्वी सन् २०२६ सेप्टेम्बर १७ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । भाद्र शुक्लपक्ष । तिथि–षष्ठी, बिहान १० बजेर २६ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–अनुराधा, बेलुकी ८ बजेर ४३ मिनेट उप्रान्त ज्येष्ठा । योग–विष्कुम्भ, दिउँसो २ बजेर ५२ मिनेट उप्रान्त प्रिती । करण–तैतिल, बिहान १० बजेर २६ मिनेट उप्रान्त गर, बेलुकी ११ बजेर १८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–वृश्चिक  । काठमाडौंमा सूर्योदय बिहान ५ बजेर ५० मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४ मिनेट । दिनमान ३० घडी ३७ पला ।

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । नसोचेको धन तथा सम्पत्ति हात लागी हुने योग रहेको छ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे धन आर्जन गर्न सकिनेछ । लामो दुरीको यात्रा हुने योग रहेको छ । व्यापार व्यवसायमा वृद्धि हुनेछ भने आम्दानीका नयाँ नयाँ स्रोतहरू फेला पार्न सकिनेछ । धर्म कर्म तथा पूजाआजामा समय व्यातित हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यवसायमा लगानी गर्न सकिने भए पनि आम्दानी गर्न केही समय कुर्नु नै पर्नेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूको अवरोधले पछि परिनेछ । आफन्त तथा जीवन साथीसँग मनमुटाब सिर्जना हुने सम्भावना रहेको छ ध्यान दिनुहोला । सोख तथा विलासिताले खर्च बढाउनेछ । असम्यम् व्यवहारले समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । तर पनि भौतिक सम्पत्तिको सरसफाइ तथा पूजामा समय व्यातित हुनेछ । खानपान तथा मनोरञ्जनमा केही समय व्यातित हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) प्रियजन भेट हुनुको साथै आतिथ्यपूर्ण सम्मान पाइनेछ । पढ्ने लेख्ने काममा सफलता हात पार्न सकिनेछ भने अध्ययनकै लागी यात्राको तय गर्न सकिनेछ । वादविवाद तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । नोकरीमा पदोन्नति तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेको छ । खर्च बढे पनि उपलब्धिमूलक कामहरू हुनेछन् । धर्म कर्ममा मन जाने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) चिठ्ठा तथा उपहार प्राप्तिको योग रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिचको मायाको गाँठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरीले तपाईँको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउनेछ । विद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईँकै पोल्टोमा पर्नेछ । निर्माण  सामाग्रीको सरसफाइ तथा पूजामा केही समय व्यातित हुनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) छोटो तथा रमाइलो यात्राको तय हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा जीवन साथीसँगको सम्बन्ध थप सुमधुर हुनेछ । खाद्यान्न तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । सवारी साधन तथा अटो पार्टस्को  खरिद बिक्रीबाट मनग्गे आम्दानी हुनेछ । धर्म तथा अध्यात्म जस्ता क्षेत्रमा मन जानेछ । शुभ माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । छोटो दुरीको यात्राको तय गर्न सकिनेछ । दाजुभाइबाट सहयोग पाइने हुनाले आट तथा साहस गरी लगानी बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । सकारात्मक सोचको माध्यमबाट रूढिवादी परम्परालाई चिरफार गर्न सकिनेछ । लेखनकलाको माध्यमाबाट अन्धविश्वासलाई चिर्दै समाज रूपान्तरण गर्नमा तपाईँको सक्रिय भूमिका रहनेछ । धर्म संस्कृतिको जगेर्ना गर्ने काममा समय व्यातित हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) धन स्थानमा  गोचर गर्ने शुभ चन्द्रमाले बन्द व्यापारबाट भनेजस्तो आम्दानी हुनेछ । सर सापटी दिइएका रुपैयाँ पैसा उठ्ने तथा आफन्तको सहयोगले उपलब्धिमूलक काम गर्न सकिनेछ । बोलीकै भरमा राम्रा तथा प्रतिष्ठित काम गर्न सकिनेछ । परिवारका साथमा यात्रा गर्न सकिने तथा मिष्ठान्न भोजनको ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अभाव हट्ने तथा नाम दाम कमाउन सकिनेछ । योग, ध्यान,धर्म तथा अध्यात्ममा मन जानेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफ्नो दैनिक काम समयमा सम्पादन गरी बचेको समय समाजसेवामा खर्चन पाइने हुनाले मान सम्मान पाइनेछ ।  इच्छाशक्ति बढ्ने तथा कीर्तिमानी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोग पाइनेछ । घुमफिर तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । खाद्यान्न, निर्माण सामाग्री तथा अटोपार्टस सम्बन्धी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । भौतिक सम्पत्तिको सरसफाइ तथा पूजामा केही समय व्यातित हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) स्वास्थ्य सामाग्री तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । धर्मसँग सम्बन्धित सामानको व्यापारमा वृद्धि हुनेछ । विदेशमा उत्पादित सामानको व्यापारबाट मनग्गे आर्जन गर्न सकिनेछ । लामो दुरीको विदेश यात्राको योग रहेको छ भने विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाइनेछ । प्रेम सम्बन्ध सफल रहनेछ । अध्ययनमा मन जाने तथा प्रविधिको प्रयोग मार्फत थप ज्ञान आर्जन गर्न सकिनेछ । सरसफाइ तथा पूजामा समय व्यातित हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार तथा पुँजी बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ भने आम्दानीका नयाँ स्रोतहरू पहिल्याउन सकिनेछ । विभिन्न अवसरले पछ्याउने तथा नोकरी पाउने समय रहेको छ । भौतिक तथा भोगविलासका सामानहरू प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले आगामी दिनहरूमा विवाह रुपी निकास पाउने योग रहेको छ । अध्ययनमा प्रगति हुनेछ भने विद्यार्थी वर्गका लागी आजको दिन फलदायी रहनेछ । बिहानको समय धार्मिक कार्यमा बिताउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । विवादित विषयहरू हल भएर जाने तथा पुराना समस्याहरु केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेको छ । सामाजिक काम गर्ने वातावरण बन्ने तथा मान सम्मान,इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ । बिहानको समय धार्मिक यात्रा हुने तथा पूजामा समय व्यातित हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राम्रा तथा परिणाममुखी काम गरी अरूको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापारमा वृद्धि हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा समय लगानी गर्नेहरूले सफलता हात लगाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहको छ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ ।

विहीबार, ०१ असोज २०८३, ०७ : ३८

प्रतिक्रिया