काठमाडौं- आईसीटी फाउन्डेसन नेपालले आयोजना गरेको पाँचौँ संस्करणको डिजिटल नेपाल कन्क्लेभ ९डीएनसी० २०२६ ललितपुरको पुल्चोकस्थित द प्लाजामा आइतवार सम्पन्न भएको छ । ‘बिल्डिङ डिजिटल रेजिलियन्सस् रिडिफाइनिङ द गभर्नेन्स, डेटा एन्ड द डिजिटल इकोनोमी’ मूल विषयमा आयोजित कन्क्लेभमा डिजिटल शासन, विपद् प्रतिकार्य, सार्वजनिक सेवा, डेटा शासन, कृत्रिम बुद्धिमत्ता, डिजिटल पूर्वाधार, नवप्रवर्तन तथा डिजिटल अर्थतन्त्रका विविध पक्षमा उच्चस्तरीय छलफल भएको हो।
कन्क्लेभमा नेपाल सरकारका सञ्चारमन्त्री, प्रधानमन्त्री बालेनका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदिप ढकाल, पुर्वमन्त्री तथा रास्वपाका प्रबक्ता जगदीश खरेल लगायत बिशिस्ट व्यक्तिहरु सम्बोधन रहेको थियो। डिजिटल इकोनोमीको सन्दर्भमा वर्ल्डबैंक, एडीबी, इन्भेस्टमेन्ट बोर्ड, अर्थमन्त्रालयका उच्च पदाधिकारीहरुको संवाद सन्चालन भएको थियो।
५० बढी बिज्ञ बक्ता, ६०० बढीको सहभागिता भएको कार्यक्रमलाइ सम्बोधन गर्दै आइसिटी फाउन्डेसन नेपालक अध्यक्ष राजन लम्सालले डिजिटल नेपाल कन्क्लेभ डिजिटल रुपान्तरण र इकोसिस्टम विकासको लागि नीतिगत सुधार तथा डिजिटल एजेन्डालाइ प्राथमिकीकरण गर्ने अभियानमा काम गरिरहेको बताए। सरकार, सरोकारवाला, नीति निर्माता, विकास साझेदारी सस्था, निजिक्षेत्र, उद्यमी र इन्नोभेटरलाइ एकै प्लाटफर्ममा जोड्दै सकारात्मक परिवर्तनको प्रयास गरिरहेको लम्सालको भनाइ छ ।
सरकार, संसद्, स्थानीय तह, निजी क्षेत्र, प्रविधि उद्योग, स्टार्टअप, लगानीकर्ता, प्राज्ञिक क्षेत्र, विकास साझेदार तथा युवा नवप्रवर्तकको सहभागितामा सम्पन्न कन्क्लेभले विपद्का समयमा समेत प्रभावकारी रूपमा सञ्चालन हुन सक्ने डिजिटल प्रणाली, विश्वसनीय तथ्याङ्क, नागरिककेन्द्रित डिजिटल सेवा र जिम्मेवार कृत्रिम बुद्धिमत्ता प्रयोगमार्फत नेपाललाई थप उत्थानशील डिजिटल राष्ट्रका रूपमा विकास गर्ने विषयलाई केन्द्रमा राखेको थियो ।
कार्यक्रमको संरचनामा चार प्रमुख विषयगत प्यानल, चार किनोट प्रस्तुति, विभिन्न ‘डिजिटल स्पार्क’ प्रस्तुति तथा समापन नेतृत्व संवाद समावेश थिए । २५ बढी इन्नोभेसनको शोकेश र १० वटा स्टार्टअप आइडिया पिचिङ भएको कार्यक्रममा टिंङटिङ र थर्डफ्याक्टर एआइले ‘एआइ एक्स्पेरियस जोन’ प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा मात्र सीमित नगरी विपद् तथा संकटका समयमा समेत नागरिकलाई निरन्तर सेवा, सूचना र सञ्चार उपलब्ध गराउन सक्ने गरि दिगो एवम् उत्थानशील डिजिटल प्रणालीको निर्माणमा जोड दिएको बताए।
उनले संकटका समयमा सूचना पूर्वाधारजत्तिकै महत्वपूर्ण हुने, सञ्चार यातायातजत्तिकै आवश्यक पर्ने, विश्वसनीय तथ्याङ्क निर्णय प्रक्रियाको आधार बन्ने र सार्वजनिक विश्वास प्रविधिको प्रभावकारितासँग प्रत्यक्ष रूपमा जोडिने बताए । बिशिस्ट अतिथि तथा प्रधानमन्त्रीका सल्लाहकार सुदिप ढकालले सरकारले १०० दिनका कार्यक्रमदेखि नै डिजिटल प्रविधिको प्रयोगमा जोड दिएको र डिजिटल गर्भनेन्समार्फत सुशासन पहिलो प्राथमिकता रहेको बताए । नागरिक एप मार्फत सार्बजनिक सेवाहरु थप प्रभावकारी बनाउने र एकिकृत सेवा सँचालनमा जोड दिएको बताए ।
उद्घाटन सत्र स् डिजिटल फाउन्डेसनदेखि रेजिलियन्ससम्म
कन्क्लेभको उद्घाटन सत्र ‘गभर्नेन्स एन्ड रेजिलियन्स स् आर्किटेक्टिङ द डिजिटल फाउन्डेसन’ शीर्षकमा सञ्चालन भएको थियो । उद्घाटन सत्रमा ‘डेटा फ्रम डिजास्टर स् नेपालको २०२६ फ्ल्यास फ्लड्स’ विषयमा सन्दर्भ प्रस्तुति, डिजिटल शासन र सार्वजनिक सेवा सुधारसम्बन्धी किनोट प्रस्तुति तथा डिजिटल रेजिलियन्स र जलवायु तथा विपद् व्यवस्थापनसम्बन्धी लाइटनिङ टक सञ्चालन गरिएको थियो । विपद्बाट प्राप्त तथ्याङ्क र डिजिटल अनुभवलाई भविष्यको उत्थानशील डिजिटल प्रणाली निर्माणसँग कसरी जोड्न सकिन्छ भन्ने विषय सत्रको महत्वपूर्ण केन्द्र बनेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले डिजिटल रूपान्तरणलाई प्रविधि विस्तार वा सरकारी सेवाको आधुनिकीकरणमा मात्र सीमित नराखी शासन प्रणाली, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्ने बताए । उनले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीले भौतिक पूर्वाधारसँगै सूचना प्रणाली, सञ्चार सञ्जाल, संस्थागत समन्वय तथा संकटका समयमा राज्यको तयारीको समेत परीक्षण गरेको बताए ।
उनले विपद् तथा संकटका समयमा पनि नागरिकलाई निरन्तर सेवा, सूचना र सञ्चार उपलब्ध गराउन सक्ने दिगो तथा उत्थानशील डिजिटल प्रणाली आवश्यक रहेको उल्लेख गर्दै डिजिटल पूर्वाधार सामान्य अवस्थामा मात्र नभई कठिन परिस्थितिमा समेत प्रभावकारी रूपमा सञ्चालन हुन सक्ने हुनुपर्नेमा जोड दिए । उनका अनुसार विश्वसनीय सूचना, समावेशी कनेक्टिभिटी, सरकारी निकायबीच अन्तरसञ्चालन, नागरिककेन्द्रित डिजिटल सेवा तथा डेटा शासन र कृत्रिम बुद्धिमत्ताको जिम्मेवार प्रयोग डिजिटल विकासका महत्वपूर्ण आधार हुन् ।
युनाइटेड नेसन्स डेभलपमेन्ट प्रोग्राम ९यूएनडीपी० नेपालका डेपुटी रेसिडेन्ट रिप्रेजेन्टेटिभ जुलियन शेभिलारले डिजिटल शासन, रूपान्तरण र आर्थिक विकासमा डिजिटल रेजिलियन्सको भूमिकाबारे किनोट प्रस्तुति दिएका थिए । साथै ‘डिजिटल नेपाल’ निर्माण, शासन सुधार र डिजिटल अर्थतन्त्रबीचको सम्बन्धबारे उद्योग तथा विकास साझेदारका दृष्टिकोणसमेत प्रस्तुत गरिएको थियो । उद्घाटन चरणमा जलवायु तथा विपद् व्यवस्थापनसम्बन्धी लाइटनिङ टक र टिङटिङको डिजिटल स्पार्क प्रस्तुति पनि समावेश थियो ।
यसै सत्रको मुख्य आकर्षण ‘बिल्डिङ द फाउन्डेसन्स फर रेजिलियेन्ट डिजिटल गभर्नेन्स’ विषयगत प्यानल रहेको थियो । प्यानलमा प्रतिनिधिसभा सदस्य धर्मराज केसी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा। धर्मराज उप्रेती, विदुर नगरपालिकाको उपमेयर प्रभा बोगटी, नार्मिन सचिव तथा फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवार , सूचना प्रविधि तथा डिजिटल गभर्नेन्स कार्यालयका सहसचिव सुभाष ढकाल तथा आईसीटी विज्ञ मनोहर भट्टराईलगायत सहभागी थिए । प्यानलमा संस्थागत डिजिटल सुधार, नागरिककेन्द्रित स्मार्ट सेवा, डिजिटल पूर्वाधार, विपद् व्यवस्थापन तथा डेटा आधारित निर्णय प्रक्रियाबारे छलफल भएको थियो ।

विपद् प्रतिकार्य र डिजिटल सार्वजनिक सेवा स् संकटका बेला डिजिटल प्रणालीको भूमिका
कन्क्लेभको दोस्रो प्रमुख खण्ड ‘डिजिटल पब्लिक सर्भिसेज स् द गेटवे फर डिजास्टर रेस्पोन्स’ शीर्षकमा सञ्चालन भएको थियो । यस सत्रमा डिजिटल सार्वजनिक सेवाले विपद् पूर्वतयारी, प्रतिकार्य तथा पुनःस्थापनालाई कसरी प्रभावकारी बनाउन सक्छ भन्ने विषयलाई केन्द्रमा राखिएको थियो । थर्ड फ्याक्टर एआई, कोड एक्स स्कुल र नागरिक एपका डिजिटल स्पार्क प्रस्तुति तथा ‘फ्रम साइलोज टु सीमलेस सर्भिसेज स् डेटा एक्सचेन्ज एन्ड गभर्मेन्ट आर्किटेक्चर’ विषयमा लाइटनिङ टक प्रस्तुत गरिएको थियो ।
यस खण्डअन्तर्गत ‘प्याराडाइम्स अफ डेटा गभर्नेन्स स् क्यान नागरिक एप बिकम नेपालको डिजिटल गेटवे एन्ड डिजास्टर अलर्ट हबरु’ शीर्षकको दोस्रो विषयगत प्यानल आयोजना गरिएको थियो । प्यानलमा प्रतिनिधिसभा सदस्य अरविन्द साह, नेपाल मौसम विज्ञान विभागकी महानिर्देशक डा। अर्चना श्रेष्ठ, सूचना प्रविधि तथा डिजिटल गभर्नेन्स कार्यालयका सहसचिव रामदत्त भट्ट, डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देल तथा वन पोइन्ट फाइनान्सियल सर्भिसेसका कार्यकारी निर्देशक विकास नहाटा सहभागी थिए ।
प्यानलमा नागरिक एपलाई डिजिटल सार्वजनिक सेवाको प्रवेशद्वारका रूपमा विस्तार गर्न सकिने सम्भावना, तथ्याङ्कको जिम्मेवार व्यवस्थापन, स्थानीय तहको भूमिका, डिजिटल अधिकार, वित्तीय सेवासँगको सहकार्य तथा विपद् सूचना प्रणालीलाई एउटै डिजिटल संरचनासँग जोड्ने विषयमा बहस भएको थियो । एजेन्डाले पनि यस सत्रलाई डेटा शासन, सार्वजनिक सेवा, स्थानीय सरकार, डिजिटल अधिकार र विपद् सूचना प्रणालीबीचको सहकार्यसँग जोडेको थियो ।
डेटा र एआई स् डिजिटल सम्प्रभुताबाट राष्ट्रिय एआई क्षमतातर्फ
कन्क्लेभको तेस्रो प्रमुख विषयगत खण्ड ‘एआई सार्वभौमिकता एन्ड डेटा स् इन्टेलिजेन्स फर अ रेजिलियेन्ट नेसन’ रहेको थियो । यस सत्रले राष्ट्रिय डेटा सार्वभौमिकता, एआई पूर्वाधार, डेटा व्यवस्थापन, जिम्मेवार तथा नैतिक एआई प्रयोग, नीति निर्माण र राष्ट्रिय एआई क्षमताको विकासलाई बहसको केन्द्रमा राखेको थियो ।
यस चरणमा कता हो, नास–आईटी, आईआईडी तथा शिक्षा डेटा एन्ड फाइन्डिङ्सलगायतका डिजिटल स्पार्क प्रस्तुति प्रस्तुत गरिएको थियो । त्यसपछि काठमाडौं विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङका डिन प्रा। डा। बालकृष्ण बलले ‘डीपीआई एन्ड एथिकल एआई इन गभर्नेन्स स् लेभरेजिङ फ्रन्टियर टेक एज अ स्ट्राटेजिक इनेबलर’ विषयमा किनोट प्रस्तुति दिएका थिए ।
यसपछि ‘बिल्डिङ नेपालको एआई सार्वभौमिकता स् इन्फ्रास्ट्रक्चर, डेटा, गभर्नेन्स’ शीर्षकको तेस्रो विषयगत प्यानल सञ्चालन भएको थियो । प्यानलमा प्रतिनिधिसभा सदस्य डा। लेखजंग थापा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव आदेश खड्का, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका प्रमुख सल्लाहकार सञ्जय पौडेल, आईईएमआईएस विज्ञ संवेदन कोइराला तथा क्लाउडफ्याक्ट्रीकी एआई निर्देशक डा। रोशा पोखरेल सहभागी थिए ।
प्यानलमा नेपालले आफ्नै डेटा, पूर्वाधार र संस्थागत क्षमतामा आधारित जिम्मेवार एआई पारिस्थितिक प्रणाली कसरी निर्माण गर्न सक्छ भन्ने विषयमा चर्चा भएको थियो । एआईको प्रयोगसँगै डेटा सुरक्षा, शासन, पूर्वाधार, नीति र दक्ष जनशक्ति विकासलाई समान रूपमा अघि बढाउनुपर्ने विषय पनि छलफलमा उठेको थियो ।
डिजिटल अर्थतन्त्र स् नवप्रवर्तन, लगानी र दिगो डिजिटल विकास
कन्क्लेभको चौथो प्रमुख खण्ड ‘द डिजिटल इकोनोमी इन्जिन स् प्रोस्पेरिटी थ्रुस सस्टेनेबल इनोभेसन’ शीर्षकमा सञ्चालन गरिएको थियो । यस सत्रमा डिजिटल नवप्रवर्तन, लगानी, वित्तीय प्रविधि, पारदर्शिता, उद्यमशीलता र भविष्यका लागि आवश्यक डिजिटल जनशक्तिसम्बन्धी विषयमा केन्द्रित बहस भएको थियो । एजेन्डाअनुसार सो चरणमा सोसिएयर ई–कमर्स, लिपि वन र एभरेस्ट क्लाउडका डिजिटल स्पार्क प्रस्तुति तथा डिजिटल नवप्रवर्तनसम्बन्धी किनोट र विकास साझेदारहरूको रणनीतिक दृष्टिकोण प्रस्तुत गरिएको थियो ।
यस सत्रअन्तर्गत ‘अनलकिङ डिजिटल नेपाल स् एडभान्सिङ डिजिटल ट्रान्सपरेन्सी, इनोभेसन एन्ड डिजिटल इकोनोमी’ शीर्षकको चौथो विषयगत प्यानल सञ्चालन भएको थियो । प्यानलमा लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत यांकी उक्याब, एसियाली विकास बैंककी डिजिटल विकास विशेषज्ञ तहानी इकबाल, विश्व बैंकका अपरेसन्स म्यानेजर एस। अमेर अहमद तथा आईआईडीएसका वरिष्ठ फेलो मणीत ढुंगेल सहभागी थिए ।
प्यानलमा डिजिटल रूपान्तरणसँगै पारदर्शिता, लगानी, नवप्रवर्तन, वित्तीय प्रविधि, डिजिटल अर्थतन्त्र तथा भविष्यका लागि आवश्यक डिजिटल जनशक्ति विकासका विषयमा छलफल गरिएको थियो । नेपालमा प्रविधि आधारित उद्यमशीलता विस्तार, लगानीको वातावरण सुदृढीकरण तथा नवप्रवर्तनलाई आर्थिक वृद्धिसँग जोड्ने सम्भावनामाथि पनि बहस केन्द्रित भएको थियो ।
नेपाली डिजिटल नवप्रवर्तन र प्रविधि समाधानको प्रदर्शन
कन्क्लेभमा नीति तथा संवादसँगै नेपालमा विकास भएका प्रविधि तथा डिजिटल समाधानलाई प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने ‘डिजिटल स्पार्क’ सत्रसमेत सञ्चालन गरिएको थियो । विभिन्न चरणमा टिङटिङ, कोड एक्स स्कुल, थर्ड फ्याक्टर एआई, नागरिक एप, कता हो, नास–आईटी, आईआईडी, शिक्षा डेटा एन्ड फाइन्डिङ्स, सोसिएयर ई–कमर्स, लिपि वन, एभरेस्ट क्लाउड, एन्कोडा ल्याब र स्काई आईटीलगायतका प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित प्रस्तुति तथा समाधानहरू प्रस्तुत गरिएको थियो ।
विशेषगरी टिङटिङले टिङटिङ ओम्नी लाइभ इन्टरेक्शन, टिङटिङ आउटबाउन्ड र टिङटिङ रेस्पोन्सिभ एजेन्ट लगायतका समाधानको प्रत्यक्ष प्रदर्शन गरेको थियो । कन्क्लेभले नीति निर्माण र संवादसँगै नेपाली प्रविधि कम्पनी तथा नवप्रवर्तकले विकास गरेका समाधानलाई प्रत्यक्ष रूपमा सरोकारवालासम्म पुर्याउने अवसरसमेत उपलब्ध गराएको थियो । अघिल्लो प्रेस विज्ञप्तिले पनि नेपाली प्रविधि कम्पनीहरूले विकास गरेका समाधानलाई यस संस्करणमा विशेष प्राथमिकता दिइएको उल्लेख गरेको थियो ।
यसै सन्दर्भमा डिजिटल स्पार्क तथा नवप्रवर्तन प्रस्तुतिहरूले प्रविधि क्षेत्रका नयाँ समाधान, सेवा र प्रयोगका उदाहरणलाई नीति निर्माता, निजी क्षेत्र, विकास साझेदार, लगानीकर्ता तथा सहभागीबीच जोड्ने माध्यमको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा छुट्टाछुट्टै ‘आइडिया पिचिङ’ शीर्षकको सत्र एजेन्डामा उल्लेख नभए पनि नवप्रवर्तन तथा समाधान परिचय डिजिटल स्पार्कमार्फत समेटिएको थियो ।
डिजिटल रोडम्याप २०२७ स् नेतृत्व, नीति र आगामी दिशा
कन्क्लेभको अन्तिम चरणमा ‘लिडरसिप डाइलग स् डिजिटल रोडम्याप टु २०२७’ शीर्षकको नेतृत्व संवाद तथा पावर संवाद आयोजना गरिएको थियो । यस चरणमा डिजिटल उद्योग, नवप्रवर्तन र लगानीलाई गति दिने विषय तथा ‘बिल्डिङ डिजिटल रेजिलियन्स स् अनलकिङ नेपालको टेक इन्डस्ट्री एन्ड स्टार्टअप पोटेन्सियल’ शीर्षकमा समापन विशेष मन्तव्य प्रस्तुत गरिएको थियो ।
पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य जगदीश खरेलले समापन मन्तव्यमा प्रविधि तथा नवप्रवर्तनप्रति बढ्दो चासोको चर्चा गर्दै बिहानदेखि साँझसम्म कार्यक्रमका विभिन्न सत्रमा सहभागीको निरन्तर उपस्थितिले नेपालमा सूचना प्रविधि क्षेत्रप्रतिको रुचि र सम्भावना देखाएको बताए । उनले प्रविधि तथा आईसीटी क्षेत्रको विकासका लागि आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कन्क्लेभले डिजिटल नेपालको आगामी दिशा, नेतृत्व, नीतिगत प्राथमिकता तथा कार्यान्वयनको अवस्थामाथि उच्चस्तरीय संवादको वातावरण निर्माण गरेको थियो । यसले डेटा, डिजिटल शासन, डिजिटल अर्थतन्त्र र प्रविधि उद्योगलाई अलग–अलग विषयका रूपमा नभई परस्पर जोडिएका राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने धारणा प्रस्तुत गरेको थियो ।
सहकार्य र नीति संवादको साझा मञ्चका रूपमा डीएनसी
आईसीटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लाम्सालले डिजिटल नेपाल निर्माणका लागि सरकार, निजी क्षेत्र, प्रविधि उद्योग, अन्तर्राष्ट्रिय साझेदार तथा अन्य सरोकारवालाबीच संवाद र सहकार्यलाई निरन्तरता दिन कन्क्लेभले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । यस वर्ष डिजिटल रेजिलियन्सलाई केन्द्रमा राख्दै डिजिटल सार्वजनिक सेवा, डेटा, कृत्रिम बुद्धिमत्ता, डिजिटल अर्थतन्त्र र नेपाली नवप्रवर्तनलाई एउटै संवादमा जोडिएको उनले उल्लेख गरे । कन्क्लेभको उद्देश्य नीतिगत सुधार, कार्यान्वयन र डिजिटल पारिस्थितिक प्रणाली विकासका लागि सहकार्य तथा लगानीका सम्भावना पहिचान गर्नु रहेको अघिल्लो प्रेस विज्ञप्तिमा पनि उल्लेख गरिएको थियो ।
कार्यक्रममा सरकार, निजी क्षेत्र, प्रविधि उद्योग, स्टार्टअप, लगानीकर्ता, प्राज्ञिक क्षेत्र, विकास साझेदार तथा युवा नवप्रवर्तकको सहभागिता रहेको थियो । आयोजकका अनुसार विभिन्न सत्रमा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ सहभागी भएका थिए । कन्क्लेभमा विभिन्न प्रविधि तथा नवप्रवर्तन समाधानको प्रदर्शनी तथा प्रस्तुतिसमेत गरिएको थियो ।
कार्यक्रमका क्रममा सहभागी तथा विशिष्ट व्यक्तित्वलाई मायाको चिनोसहित ‘टोकन अफ लभ’ प्रदान गरिएको थियो । कार्यक्रममा आयोजक तथा सहभागीलाई धन्यवाद दिँदै त्रिभुवन विश्वविद्यालयको आईटी इनोभेसन सेन्टरका निर्देशक प्रा। डा। सुवर्ण शाक्यले समापन मन्तव्य दिएका थिए ।
डिजिटल नेपाल कन्क्लेभ २०२६ ले विशेषगरी विपद्को समयमा पनि निरन्तर सञ्चालन हुन सक्ने डिजिटल प्रणाली, विश्वसनीय डेटा, नागरिककेन्द्रित डिजिटल सार्वजनिक सेवा, जिम्मेवार एआई, डिजिटल नवप्रवर्तन र दिगो डिजिटल अर्थतन्त्र निर्माणका विषयमा बहसलाई केन्द्रित गरेको छ । डिजिटल रूपान्तरणलाई केवल प्रविधि विस्तारको विषय नभई शासन, सेवा प्रवाह, आर्थिक विकास र राष्ट्रिय रेजिलियन्ससँग जोड्नुपर्ने सन्देशसहित सम्पन्न कन्क्लेभले नेपालको आगामी डिजिटल यात्राका लागि नीति, प्रविधि र सहकार्यबीचको सम्बन्धलाई थप स्पष्ट बनाएको छ ।
प्रतिक्रिया