अब लाइसेन्स छपाइदेखि घरमै पुर्‍याउनेसम्मको प्रक्रिया थप व्यवस्थित हुने

मंगलबार, ०६ असोज २०८३, १५ : ५०

काठमाडौं- सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई थप व्यवस्थित, छिटो र सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता भएको छ।

मंगलबार पूर्वाधार विकास मन्त्रालयमा भएको सम्झौताअनुसार यातायात व्यवस्था विभागको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत जारी हुने लाइसेन्सको विवरण सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा पठाइनेछ। त्यसपछि सुरक्षण मुद्रण केन्द्रबाटै लाइसेन्स छपाइ हुनेछ।

छपाइ भएका लाइसेन्स सम्बन्धित प्रदेश कार्यालयमा पुर्‍याउने तथा सेवाग्राहीले इच्छाएको ठेगानामा हुलाकमार्फत पठाउने व्यवस्था मिलाउन सम्झौताले सहज बनाउनेछ।

यससँगै लाइसेन्स छपाइ, ढुवानी र वितरणको प्रक्रियालाई एकीकृत र व्यवस्थित बनाउँदै सेवाग्राहीले लामो समय कुर्नुपर्ने अवस्थासमेत घटाउने अपेक्षा गरिएको छ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई थप व्यवस्थित र सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच मंगलबार पूर्वाधार विकास मन्त्रालयमा त्रिपक्षीय सम्झौता भएको हो।

मंगलबार, ०६ असोज २०८३, १५ : ५०

प्रतिक्रिया