आज कालीमाटीमा कुन तरकारीको मूल्य कति ? यस्तो छ कृषि उपजको भाउ

मंगलबार, ०६ असोज २०८३, ०८ : ४०

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। समितिको विवरणअनुसार तरकारी, फलफूल, मसला तथा माछाको मूल्यमा वस्तुअनुसार फरक–फरक दर कायम भएको छ।

मंगलबार रातो आलु (गोलो) र आलु रातो (मुडे) प्रतिकिलो ४८ देखि ५३ रुपैयाँ तथा भारतीय रातो आलु ४५ देखि ४८ रुपैयाँमा रहेको छ। सुकेको भारतीय प्याजको मूल्य ८८ देखि ९३ रुपैयाँ प्रतिकिलो कायम छ।

लोकल गाजर १०० देखि १२० रुपैयाँ, तराईको गाजर ८० देखि ९० रुपैयाँ, लोकल बन्दा ४० देखि ५० रुपैयाँ र स्थानीय काउली १०० देखि १२० रुपैयाँ प्रतिकिलो रहेको छ। रातो मूला ३० देखि ४० रुपैयाँ, लाम्चो भन्टा ३० देखि ४० रुपैयाँ, तितो करेला ६० देखि ७० रुपैयाँ तथा लौका ५० देखि ६० रुपैयाँ प्रतिकिलो छ।

हरियो प्याजको मूल्य १५० देखि २०० रुपैयाँ प्रतिकिलो पुगेको छ। कन्य च्याउ १८० देखि २३० रुपैयाँ, डल्ले च्याउ ४५० देखि ५०० रुपैयाँ, राजा च्याउ ३०० देखि ३३० रुपैयाँ र सिताके च्याउ ८०० देखि १ हजार रुपैयाँ प्रतिकिलो रहेको छ। कुरिलो ५०० देखि ६०० रुपैयाँ प्रतिकिलो छ।

फलफूलतर्फ फुजी स्याउ २५० देखि ३५० रुपैयाँ, मुस्ताङको स्याउ १३० देखि १६० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन १५० देखि २०० रुपैयाँ, मालभोग केरा १०० देखि १५० रुपैयाँ र कागती २५० देखि ३५० रुपैयाँ प्रतिकिलो रहेको छ। अनार ३०० देखि ३५० रुपैयाँ तथा ड्रागन फ्रुट ५०० देखि ६०० रुपैयाँ प्रतिकिलो छ।

मसला तथा अन्य कृषि उपजमा अदुवा २०० देखि २३० रुपैयाँ, सुकेको खुर्सानी ५०० देखि ५५० रुपैयाँ, हरियो धनिया १५० देखि २०० रुपैयाँ र नेपाली सुकेको लसुन २०० देखि २३० रुपैयाँ प्रतिकिलो रहेको छ।

यस्तै, सुकेको माछा ८०० देखि १ हजार रुपैयाँ, ताजा रहु माछा ३४० देखि ३७० रुपैयाँ, बचुवा ३०० देखि ३४० रुपैयाँ र छडी माछा ३२० देखि ३५० रुपैयाँ प्रतिकिलो रहेको समितिको मूल्य विवरणमा उल्लेख छ।

सबैभन्दा महँगो कृषि उपजमध्ये पार्सले प्रतिकिलो २ हजार ४ सयदेखि २ हजार ८ सय रुपैयाँसम्म रहेको छ भने सिताके च्याउ १ हजार रुपैयाँसम्म पुगेको छ।

मंगलबार, ०६ असोज २०८३, ०८ : ४०

प्रतिक्रिया