काठमाडौं– त्रिपुरेश्वरमा सोमबार भएको बस आगलागीमा घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।
ऋद्धिसिद्धि यातायातको बसमा आगलागी हुँदा गम्भीर घाइते भएका चालकको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनको शरीरको करिब ९० प्रतिशत भाग जलेको चिकित्सकले बताएका थिए।
चालकको उपचारका क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए।
सोमबार मध्यान्ह त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाने बस स्ट्यान्डमा रोकिराखेको बसमा अचानक आगलागी भएको थियो। आगलागीपछि सुरक्षाकर्मी र स्थानीयले चालकलाई बसबाट उद्धार गरी उपचारका लागि कीर्तिपुर अस्पताल पुर्याएका थिए।
प्रतिक्रिया