चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा

आइतबार, १८ असोज २०८३, १३ : ०१

मुस्ताङ– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली  कोरलानाका हुँदै शनिबार उपल्लो मुस्ताङको लोमान्थाङ  पुगेको छ । 

“चिनियाँ राजदूत कोरलानाकाबाट मुस्ताङ आउनुभएको छ, भ्रमणसम्बन्धी विस्तृत जानकारी प्राप्त भएको छैन,” मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले भनिन् । उनी तीनदिने  भ्रमणमा लोमान्थाङ पुगेको टोलीमा पाँच जना चिनियाँ रहेका र आज लोमान्थाङबाट कोरला नाका हुँदै चीनतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ । 

लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङका अनसार कोरला नाकाको वस्तुस्थिति बुझ्न चिनियाँ राजदूत मुस्ताङ आएका हुन् । 

लामो समयदेखि बन्द रहेको तातोपानी नाकाको विकल्प बनेको केरुङ भोटेकोशी बाढीबाट बगरमा परिणत भएपछि कोरला पुनः सञ्चालनको माग भइरहेका बेला चिनियाँ राजदूतको मुस्ताङ भ्रमणलाई  अर्थपूर्ण मानिएको छ ।  

रसुवा र तातोपानी नाका बन्द भएयता मुस्ताङ भन्सार कार्यालयले दैनिक रु ३० करोडको हाराहारीमा राजस्व संकलन गर्दै आएको थियो ।
 

आइतबार, १८ असोज २०८३, १३ : ०१

प्रतिक्रिया