कांग्रेस महाधिवेशनमा को-को नेताले गर्दैछन् सम्बोधन ?

आइतबार, १८ असोज २०८३, १३ : ५१

काठमाडौं- कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आज दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुँदैछ ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् । एमालेबाट पार्टी महासचिव शंकर पोखरेल सहभागी भएर शुभकामना दिने तय भएको पोखरेलका स्वकीय सचिव सरोज रेग्मीले जानकारी दिएका छन् ।

उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उद्घाटन समारोहमा सहभागी हुने भएका छन् ।

प्रवक्ता चालिसेका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई तथा राष्ट्रिय जनमोर्चाका अध्यक्षका तर्फबाट कार्यवाहक महासचिव घनश्याम पौडेल पनि समारोहमा सहभागी हुने निश्चित भएको छ ।

आइतबार, १८ असोज २०८३, १३ : ५१

प्रतिक्रिया