काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेल लामिछानेले जनकपुरधामस्थित गङ्गासागर पोखरीको छठघाटमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएका छन् ।
छठ पर्व मनाउन जनकपुरधाम आएका लामिछाने दम्पतीले गङ्गासागरस्थित छठघाटमा आइतबार साँझ अस्ताउँदो सूर्य र आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएका हुन् ।
उपमहानगरपालिका–२ स्थित शिवचोकमा रहेको नरेश साहको घरबाट उनिहरु ढाकी बोकी छठघाट पुगेका थिए । उनिहरूसँगै परिवारका अन्य सदस्य तथा शुभेच्छुक पनि छठघाट पुगेका थिए ।
यसैबीच, आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै चार दिनसम्म मनाइने यस वर्षको छठ पर्व विधिवत् रूपमा सम्पन्न भएको छ ।
प्रतिक्रिया