करदाता प्रोत्साहन कार्यक्रम

३ सयको सामान किनेका राम श्रेष्ठलाई १० लाखको उपहार

मंगलबार, ०१ मंसिर २०८३, १० : १५

काठमाडौं- करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भक्तपुरका राम श्रेष्ठले १० लाख रुपैयाँ जितेका छन् ।

सूर्यविनायक नगरपालिका–४, भक्तपुर निवासी श्रेष्ठले ३ सय रुपैयाँको सामान खरिद गर्दा १० लाख रुपैयाँको उपहार जितेका हुन् ।

सरकारले कर प्रणालीमा पारदर्शिता बढाउने र उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले गत साउन १ गतेदेखि करदाता प्रोत्साहन कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

मंगलबार, ०१ मंसिर २०८३, १० : १५

प्रतिक्रिया