काठमाडौं- मङसिर पहिलो साता प्रविधि क्षेत्रको सबैभन्दा ठुलो स्टार्टअप तथा इन्नोभेसनको प्रदर्शनी आयोजना हुने भएको छ । आइसिटी अवार्ड २०२६ को प्रि-इभेन्टको रुपमा लिभिंग विथ आइसिटी, स्क्वाड अफ चेन्जमेकर्स तथा आइसिटी फाउन्डेसनले सनवे एआइ कलेजसँगको सहकार्यमा मंसिर ३ र ४ गते फेस्टको आयोजना गर्न लागेको हो। स्टार्टअप फेस्टको यो सातौ संस्करण हो ।
काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजना हुने कार्यक्रममा आयोजना हुन लागेको फेस्टमा सातै प्रदेशका एक सयभन्दा बढी स्टार्टअप तथा नवप्रवर्तनका परियोजनाहरू सहभागी हुनेछन्। फेस्टमा सफ्टवेयर, एप्लिकेसन, आइओटी, रोबोटिक्स, ड्रोन, एआइ प्रविधि, रकेट तथा एयरोस्पेसलगायतका क्षेत्रमा विकास गरिएका उत्पादन, सेवा र परियोजनाहरू प्रदर्शनी गरिने आयोजक समितिका संयोजक राजन लम्सालले जानकारी दिए ।
दुई दिनसम्म सञ्चालन हुने फेस्टमा ड्रोन तथा रोबोटिक्स प्रतियोगिता पनि आयोजना हुनेछन्। यसले विद्यार्थी, युवा उद्यमी तथा प्रविधिमा रुचि राख्नेहरूलाई आफ्ना सिर्जना प्रदर्शन गर्ने, नयाँ सीप र अवसरबारे जानकारी लिने तथा रोजगारी र इन्टर्नसिपका अवसर खोज्ने मञ्च प्रदान गर्नेछ।
यसैगरी यस वर्ष प्रदर्शनीसँगै स्टार्टअप सम्वन्धि कन्फरेन्सको पनि आयोजना हुनेछ । ‘स्टार्टअप पल्स’ सेसनमा केहि महत्वपुर्ण कि-नोट, प्यानल सेसन र आइडिया पिचिंङ सन्चालन हुनेछ । स्टार्टअप इकोसिस्टमको विकास सम्वन्धि प्यानल छलफल र प्रस्तुतीहरु रहनेछ । स्टार्टअप लगानीकर्ता, भिसी र उद्यमीलाइ कनेक्ट गर्ने उदेश्यले फेस्टमा स्टार्टअप लौन्जको व्यवस्था गरिएको छ । इच्छुक लगानीकर्ताहरु फेस्टमा अवलोकन गर्दै नेटवर्किङ र मिटिंङ गर्न सक्नेछन् ।
यस वर्षको फेस्टमा सामाजिक नवप्रवर्तनका क्षेत्रमा काम गरिरहेका संस्था, स्टार्टअप तथा परियोजनाहरूलाई पनि प्रदर्शकका रूपमा समेटिनेछ। सामाजिक समस्या समाधानका लागि प्रविधि र सिर्जनात्मक सोचमार्फत विकास गरिएका नवीनतम समाधानहरू अवलोकनकर्ताले प्रत्यक्ष रूपमा हेर्न पाउनेछन्।

फेस्टमा आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन तथा सोसल इन्नोभेसन विधाका ५० भन्दा बढी सेमिफाइनलिस्टहरू पनि सहभागी हुनेछन्। अवलोकनकर्ताले ती स्टार्टअप तथा उत्पादनका प्रदर्शनी अवलोकन गर्नुका साथै आफूलाई मन परेका परियोजनालाई भोट गर्ने अवसरसमेत पाउनेछन्। यसैगरि सातै प्रदेशबाट छनौट भएका अरु थप २५ बढी स्टार्टअपहरु प्रदर्शनीमा रहनेछन् ।
आयोजकका अनुसार देशमै कार्यरत युवा स्टार्टअप, विद्यार्थी तथा नवप्रवर्तकलाई प्रोत्साहन गर्ने, उनीहरूका उत्पादन तथा सेवाको बजार विस्तारमा सहयोग पुर्याउने र उद्यमशीलताको विकासमा टेवा पुर्याउने उद्देश्यले फेस्ट आयोजना गरिएको हो। फेस्टमा प्रवेश निःशुल्क रहनेछ।
प्रदर्शनीमा सहभागी स्टार्टअप तथा उत्पादनमा लगानी गर्न इच्छुक लगानीकर्ताका लागि उत्पादन प्रदर्शन र व्यावसायिक सञ्जाल विस्तारका सत्रहरू पनि सञ्चालन गरिनेछन्। यसले स्टार्टअपलाई सम्भावित लगानीकर्तासँग जोड्ने, व्यावसायिक सहकार्यका अवसर सिर्जना गर्ने तथा प्रविधिमा आधारित नयाँ उद्यमलाई बजारसम्म पुग्न सहयोग गर्ने आयोजकको अपेक्षा छ।
फेस्टमा विभिन्न क्षेत्रका उद्यमी, कर्पोरेट क्षेत्रका नेतृत्वकर्ता, नीति निर्माता, उच्च सरकारी अधिकारी, लगानीकर्ता, विद्यार्थी तथा प्रविधिप्रेमीहरूको सहभागिता रहनेछ। नेपालको स्टार्टअप तथा नवप्रवर्तन क्षेत्रको वर्तमान अवस्था बुझ्न, देशभित्रै विकास भइरहेका प्रविधि र उत्पादनबारे जानकारी लिन तथा युवा उद्यमीका सिर्जना नजिकबाट नियाल्न फेस्ट उपयोगी हुने विश्वास आयोजकले लिएको छ।
आर्टिफिसियल इन्टेलिजेन्सलाइ केन्द्रमा राखेर अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालय शिक्षा प्रदान गर्दै आएको सनवे कलेजले फेस्टमा आफ्ना विभिन्न कृत्रिम बुद्धिमत्तामा आधारित परियोजनाहरू पनि प्रदर्शन गर्नेछ। त्यस्तै, ‘टिङटिङ’ र ‘नेपाल पे’ इन एसोसिएसन विथको रूपमा र नेपाली स्टार्टअप कम्पनी सस्तो टिकट पावर्ड बाइको रूपमा जोडिएका छन्।
फेस्टसँगै मंगसिर ५ र ६ गते आइसिटी अवार्डका ४ विधामा छनौट भएका तथा प्रदर्शनीमा सम्वेष भएका ५० स्टार्टअप र इन्नोभेसनले ग्राण्ड जुरी सेसनमा सहभागी हुनेछन् । उक्त ग्रान्ड जुरी पश्चात ४ विधामा उत्कृस्ट ५ छनौट हुदै अवार्डको लागि सिफारिस हुनेछन् । उक्त ग्राण्ड जुरी सेसन हिमालय टेलिभिजनमा विभिन्न एपिसोडको रुपमा प्रशारण पनि हुनेछ ।
सूचना प्रविधिको क्षेत्रमा प्रतिष्ठित मानिने आइसिटी अवार्ड २०२६ का लागि विभिन्न विधामा छनोट प्रक्रिया अघि बढिरहेको छ। यस वर्ष अवार्डका लागि ७०० भन्दा बढी अनलाइन मनोनयन प्राप्त भएको आयोजकले जनाएको छ। फेस्टमा अवार्डका विभिन्न विधाका उत्कृष्ट नवप्रवर्तन तथा स्टार्टअपहरूलाई प्रत्यक्ष अवलोकन गर्न पाउनु दर्शकका लागि थप आकर्षण हुने अपेक्षा गरिएको छ। बिस्तृत जानकारीको लागि www.startupideafest.org वा ictaward.org वेबसाइट हेर्न सकिनेछ ।
प्रतिक्रिया