शर्तमाथि शर्त राखेर पश्चिम सेतीबाट भाग्दै चिनियाँ कम्पनी थ्री गर्जेज

५ बर्ष अगाडि

काठमाडौं । विगत २५ वर्षदेखि स्थानीय जनताको विकास निर्माण समेत रोकेर आयोजना बनाउने भन्दै हल्ला गरिएको पश्चिम सेती जलविद्युत् आयोजनाबाट चिनियाँ कम्पनी थ्री गर्जेज हट्ने भएको छ ।

विद्युत् खरिद दरमा कुरा नमिलेपछि आयोजना अगाडि बढाउने वा नबढाउने भन्ने विषयमा लामो समयदेखि रहेको विवादमा चिनियाँ कम्पनी  टसको मस नभएपछि आयोजनाबाट चिनियाँ कम्पनी बाहिरिन लागेको हो ।

आयोजनाको विकासका लागि भन्दै विगतमा अष्टे«लियन कम्पनी स्मेकलेले विस्तृत परियोजना प्रतिवेदन समेत तयार पारेको थियो । तर आयोजना मात्रै होल्ड गरेर बसेको भन्ने निष्कर्षका साथ सरकारले सन् २०१२ मा स्मेकसँग रहेको अनुमतिपत्र खारेज गरिदिएको थियो ।

स्मेकको अनुमति खारेज गरेर तत्कालीन डा बाबुराम भट्टराई नेतृत्वको सरकारले सो आयोजना चिनियाँ कम्पनी थ्री गर्जेजलाई दिएको थियो । थ्री गर्जेजले केही प्राविधिक तथा स्थानीय स्तरमा काम गरेको भएपनि उसलेश र्तमाथि शर्त राख्दै आएको थियो ।

पहिलाकोश र्त पूरा भएपछि नयाँ नयाँ शर्त राख्दै आएको चिनियाँ कम्पनीको माग पूरा गर्न नसकिने अवस्था आएको सरकारी अधिकारीहरुको भनाइ छ ।

पछिल्लो पटक नेपाल विद्युत् प्राधिरकणले आवश्यक सबै प्रक्रिया पूरा गरेको छ । लगानी बोर्डका तर्फबाट गर्नुपर्ने काम समेत सम्पन्न भइसकेको छ । तर चिनियाँक म्पनीले सो आयोजनाबाट उत्पादित विद्युत् प्रतियुनिट रु १५ का दरले नेपाल सरकारले खरिद गर्नुपर्ने प्रस्ताव गरेको थियो ।

प्राधिकरणले जलाशयुक्त आयोजनाको विद्युत् प्रतियुनिट रु १२ रुपैयाँ ३० पैसा सम्म खरिद गर्न सक्ने गरी प्रस्ताव नै सार्वजनिक मात्र गरेन । जलाशयुक्त आयोजनाको खरिद दर समेत सार्वजनिक गरेको थियो । तर प्राधिकरणको सो दरलाई समेत चिनियाँ कम्पनीले अस्वीकार गरेको बताइएको छ ।

प्रदेश नं ६ र ७ को आर्थिक समृद्धिको आधारका रुपमा रहेको सो आयोजनालाई अगाडि बढाउन सरकारले हदैसम्मको प्रयास गरेको भएपनि चिनियाँ कम्पनीको ज्यादतीका कारण आयोजना लामो समयसम्म होल्ड भएर बस्ने अवस्था आएको छ ।

चिनियाँ कम्पनीको शर्त माथि शर्त थप्दै जाने प्रवृत्तिबाट अवाक भएका नेपाली अधिकारी पछिल्लो दिनमा चिनियाँ कम्पनीले छाडे पनि छाडोस् भन्ने अवस्थामा पुगेको छ ।

चिनियाँ कम्पनीले आयोजना निर्माण नगरे स्थानीय स्तरमा नै स्रोत जुटाएर प्रदेश नं ६ र ७ ले संयुक्त रुपमा संयोजन गरेरै भएपनि निमाृण सुरु गर्ने तयारीमा छन् । सुदूरपश्चिम सरोकार समाजले स्थानीय जनताको लगानीमा नै आयोजना निर्माण गर्न सकिने बताउँदै आएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इपानका पूर्व अध्यक्ष डा खड्गबहादुर विस्ट लगायतले पनि आयोजना नेपाली लगानीमा नै निर्माण गर्न सकिने भन्दै लविङ गर्दै आएका छन् ।

कूल ७५० मेगावाट क्षमताको सो आयोजनाबाट हिउँदको समयमा जलाशय आयोजनाको बराबरको ऊर्जा दिन नसक्ने पनि अध्ययनबाट देखिएको छ । चिनियाँ कम्पनीले आयोजना बहुउद्देश्यिय बनाउनुपर्ने माग गरेको थियो । विद्युत्, सिंचाई तथा खानेपानीमा समेत आयोजनालाई व्यवस्थित गर्न सकिने सरकारले प्रतिवद्धता जनाएको थियो ।

पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले पनि मुद्रा सटहीका बारेमा सकारात्मक जवाफ दिएको थियो । चिनियाँ कम्पनीले खर्च गरेको रकमलाई समेत आयोजनाको लागतका रुपमा हिसाब गर्न सरकार तयार भएको थियो । जति सुकै शर्त पूरा गरेपनि नयाँ शर्त राख्ने, आयोजना होल्ड मात्रै गरेर बस्ने स्मेकको प्रवृत्ति थ्री गर्जेजले देखाएको स्म्वद्ध अधिकारीको भनाइ छ ।

संयुक्त कम्पनी स्थापना गर्ने बताइएपनि चिनियाँ कम्पनीले नै अटेर गर्दै आएको छ । आयोजनामा थ्री गर्जेजको ७५ प्रतिशत र प्राधिरणको २५ प्रतिशत शेयर रहने गरी प्रारम्भिक सम्झौता भएको थियो । सोही स्म्झौताअनुसार प्राधिकरणले आफ्नो तर्फबाट आवश्यक व्यवस्थापन समेत गरेको छ ।

आयोजना सञ्चालनका लागि सञ्चालक समिति समेत निर्माण गर्ने र त्यसमा चिनियाँ कम्पनीको नै करिब ७० प्रतिशत सदस्य रहने व्यवस्था गरिएको थियो । प्राधिकरणको मात्रै एक जना सञ्चालक सदस्य रहने व्यवस्था गरिएको थियो । तर विद्युत् खरिद दरमा नै कुरा नमिलेका कारण आयोजना अगाडि बढ्न नसक्ने अवस्थामा पुगेको छ ।

आयोजना अगाडि बढाउन लगानी बोर्ड र प्राधिकरणले मात्रै नभई ऊर्जा मन्त्रालयले पनि आवश्यक सहजीकरण गरेको थियो । कुटनीतिक तवरबाट पनि विशेष पहल भएको थियो । तर कुनै पनि काम नगर्ने , केवल आयोजना मात्रै होल्ड गर्ने प्रवृत्ति सतहमा देखिएपछि नेपाली अधिकारी पनि हैरान भएका छन् ।

ऊर्जा सचिव अनुपकुमार उपाध्यायले त चिनियाँ कम्पनीले आयोजना बनाउँछ भन्नेमा आफूलाई विश्वास नै नभएको बताउँदै आएका थिए । अन्ततः चिनियाँ कम्पन िआफै आयोजनाबटा हात झिक्ने अवस्थामा पुगेको छ । कुटनीतिक रुपमा कुनै पहल भए मात्रै अन्यथा आयोजनाबाट थ्री गर्जेज हात झिक्ने अवस्थामा पुगेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया