नेपालमै पहिलो पटक लेचर एन्टेना, आभा स्क्यानर र वास्तु गुरुको व्यावहारिक कार्यशाला सञ्चालन गर्दै संस्कार एकेडेमी

व्यावसायिक वास्तु सफ्टवेयर ‘संस्कार वास्तु सफ्टवेयर’ सार्वजनिक हुँदै

विहीबार, ०३ मंसिर २०८३, २० : ५८

काठमाडौं- नेपालमा वास्तु तथा अंकज्योतिषसम्बन्धी व्यावसायिक पाठ्यक्रम सञ्चालन गर्ने पहिलो संस्थाका रूपमा स्थापित संस्कार एकेडेमीले नेपाली वास्तु क्षेत्रको विकासमा नयाँ पहल अघि सारेको छ। संस्थाले नेपालमै पहिलो पटक लेचर एन्टेना, आभा स्क्यानर तथा वास्तु गुरुका विशेष व्यावहारिक कार्यशाला सञ्चालन गर्ने भएको छ। यससँगै नेपालमै विकास गरिएको पहिलो व्यावसायिक वास्तु सफ्टवेयर ‘संस्कार वास्तु सफ्टवेयर’ सार्वजनिक गर्ने तयारी गरेको छ।

संस्कार एकेडेमीका संस्थापक, प्रमुख कार्यकारी अधिकृत तथा मुख्य प्रशिक्षक आचार्य राजाबाबु शाहको नेतृत्वमा अघि बढाइएको यस अभियानले व्यावसायिक शिक्षा, व्यावहारिक प्रशिक्षण र आधुनिक प्रविधिलाई एकीकृत गर्दै नेपाली वास्तु परामर्शदातालाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने लक्ष्य राखेको छ।

यसै अवसरमा आगामी मंसिर ४, ५ र ६ गते काठमाडौंको बूढानीलकण्ठस्थित होटल लेमन ट्री प्रिमियरमा तीनदिने आवासीय वास्तु गुरु कार्यकारी पाठ्यक्रम सञ्चालन हुनेछ। मंसिर ४ गते संस्कार वास्तु सफ्टवेयरको औपचारिक शुभारम्भसमेत गरिनेछ।

संस्कार एकेडेमीका चार महत्त्वपूर्ण पहल

वास्तु गुरु कार्यकारी पाठ्यक्रम

तीनदिने आवासीय प्रशिक्षणमा आवासीय वास्तु, व्यावसायिक वास्तु तथा औद्योगिक वास्तुका उन्नत सिद्धान्त, भवनको दिशागत विश्लेषण, वास्तुसम्बन्धी समस्या पहिचान र व्यावसायिक वास्तु प्रतिवेदन तयार गर्ने विधिबारे प्रशिक्षण प्रदान गरिनेछ।

लेचर एन्टेना व्यावहारिक कार्यशाला

नेपालमै पहिलो पटक सञ्चालन हुन लागेको यस कार्यशालामा लेचर एन्टेनाको सञ्चालन विधि, उपकरणको प्रयोग तथा परम्परागत ऊर्जा मूल्यांकनसम्बन्धी व्यावहारिक अभ्यास गराइनेछ।

आभा स्क्यानर व्यावहारिक कार्यशाला

यस कार्यशालामा आभा स्क्यानरको सञ्चालन, प्रयोग विधि तथा ऊर्जा मूल्यांकनसम्बन्धी व्यावहारिक अभ्यास गराइनेछ। दुवै कार्यशालामार्फत सहभागीहरूको उपकरण सञ्चालनसम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने संस्थाको उद्देश्य रहेको छ।

PIC.jpg (1)

नेपालको पहिलो व्यावसायिक वास्तु सफ्टवेयर – संस्कार वास्तु सफ्टवेयर

संस्कार एकेडेमीले नेपालमै विकास गरेको ‘संस्कार वास्तु सफ्टवेयर’ www.SanskarVastu.com मार्फत सार्वजनिक गर्न लागेको हो।

यस सफ्टवेयरमा भवनका १६ दिशागत क्षेत्रको विश्लेषण, ३२ प्रवेशद्वारको विश्लेषण, ४५ वास्तु देवता ऊर्जा क्षेत्रको अध्ययन, मर्मस्थान विश्लेषण, दिशागत तथा देवता शक्तिको मूल्यांकन, ऊर्जा स्तम्भचित्र, भवनको नक्साको विस्तृत विश्लेषण र व्यावसायिक वास्तु प्रतिवेदन तयार गर्ने सुविधा उपलब्ध हुनेछन्।

यो सफ्टवेयर वास्तु परामर्शदाता, वास्तुविद्, आन्तरिक सजावट विशेषज्ञ, विद्यार्थी तथा विश्वभर वास्तु अध्ययन र परामर्शमा संलग्न व्यक्तिहरूका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।

आचार्य राजाबाबु शाहका अनुसार  नेपाली वास्तु परामर्शदातालाई विश्व बजारमा स्थापित गर्ने  लक्ष्य रहेको ताएका छन्

संस्कार एकेडेमीका प्रमुख कार्यकारी अधिकृत तथा मुख्य प्रशिक्षक, वास्तु आचार्य एवं अंकज्योतिषविद् आचार्य राजाबाबु शाहले यी पहल नेपाली वास्तु तथा अंकज्योतिष क्षेत्रको व्यावसायिक विकासका लागि महत्त्वपूर्ण कदम भएको बताए।

उनले भने, “हाम्रो उद्देश्य नेपालमा वास्तु तथा अंकज्योतिषको शिक्षा प्रदान गर्नु मात्र होइन, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष परामर्शदाता तयार गर्नु पनि हो। नेपाली वास्तु परामर्शदाताले तयार गर्ने विश्लेषण र प्रतिवेदनलाई अन्तर्राष्ट्रियस्तरको बनाउन व्यावहारिक प्रशिक्षण, आधुनिक उपकरण र आफ्नै व्यावसायिक वास्तु सफ्टवेयर विकासलाई प्राथमिकता दिएका छौँ। नेपाललाई यस क्षेत्रको व्यावसायिक शिक्षा, दक्ष जनशक्ति र प्रविधि विकासको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्नु हाम्रो दीर्घकालीन परिकल्पना हो।”

संस्कार एकेडेमीले व्यावसायिक वास्तु तथा अंकज्योतिष शिक्षामार्फत प्रमाणित परामर्शदाता तयार गर्दै आएको छ। अब प्रशिक्षण, आधुनिक उपकरण र आफ्नै प्रविधिको विकासमार्फत नेपाललाई वास्तु तथा अंकज्योतिषको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य संस्थाले राखेको छ।

विहीबार, ०३ मंसिर २०८३, २० : ५८

प्रतिक्रिया