काठमाडौं- लगातारको गिरावटपछि सेयर बजारले आज केही राहत दिएको छ । अघिल्ला कारोबार दिनदेखि दबाबमा रहेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक आज ३।६२ अंकले उकालो लाग्दै २ हजार ६२८।६७ विन्दुमा पुगेको छ ।
बजारमा सामान्य सुधार देखिए पनि लगानीकर्ताको उत्साह भने कारोबार रकममा झल्किन सकेन । आज कुल कारोबार ४ अर्ब रुपैयाँभन्दा तल खुम्चिएको छ ।
सेयर मूल्य बढ्ने कम्पनीको संख्या घट्नेको भन्दा केही बढी देखिएको छ । आज १३८ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्यमा कुनै परिवर्तन आएन ।
नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि ०।७८ अंकले बढेर ४७६।९३ विन्दुमा पुगेको छ । तर, १३ उपसूचकमध्ये ८ वटा घटेका छन् भने ५ वटामा मात्रै सुधार आएको छ ।
आज ३४७ कम्पनीका ९४ लाख ३७ हजार ८४२ कित्ता सेयर ४० हजार ८३७ पटक कारोबार भएका छन् । दिनभरको कारोबारबाट ३ अर्ब ८७ करोड ७६ लाख ४५ हजार ७२८ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
समग्रमा बजार परिसूचकमा सामान्य सुधार देखिए पनि अधिकांश उपसूचकमा गिरावट र कारोबार रकममा आएको संकुचनले बजारको गति अझै कमजोर रहेको संकेत गरेको छ ।
प्रतिक्रिया