काठमाडौं- साताको कारोबारका क्रममा बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । नेप्से ११.०५ अंकले घटेर २ हजार ६२५.०५ विन्दुमा झरेको हो ।
बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घट्दा समग्र परिसूचक दबाबमा परेको देखिएको छ । बुधबार १९९ कम्पनीको सेयर मूल्य घट्दा ७० कम्पनीको मूल्य बढेको छ भने १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज सेयर बजारमा कुल ४ अर्ब १५ करोड ४९ लाख २५ हजार १०७ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारका क्रममा १ करोड १ लाख ६२ हजार ६०५ कित्ता सेयर किनबेच भएका छन् ।
दिनभर ४१ हजार ६२७ वटा कारोबार भएका छन् भने ३४७ वटा कम्पनीका धितोपत्र कारोबारमा सहभागी भएका छन् ।
बुधबार मूल्य बढ्ने कम्पनीमध्ये सानिमा लार्ज क्याप फन्डको मूल्य ३.२६ प्रतिशतले बढेको छ । यो आजको बजारमा सर्वाधिक मूल्य वृद्धि हो । यता एभरेष्ट कलर लिमिटेडको सेयर मूल्य ६.८३ प्रतिशतले घट्दै सर्वाधिक गिरावट भएको कम्पनी बनेको छ ।
समूहगत परिसूचकतर्फ ट्रेडिङ समूह सबैभन्दा बढी २.४९ प्रतिशतले घटेको छ । बैंकिङ र म्युचुअल फन्ड समूहमा भने सामान्य सुधार देखिएको छ ।
प्रतिक्रिया