जम्मू–कश्मीरको विषयलाई लिएर अन्तराष्ट्रिय अदालतमा जाने पाकिस्तानको चेतावनी

विहीबार, ०५ भदौ २०७६, १३ : २५

भारतले जम्मू कश्मीरको विशेष दर्जा अन्त्य गरेको विषयलाई अन्तराष्ट्रिय अदालतमा लिएर जाने पाकिस्तानले बताएको छ । 

पाकिस्तानका विदेश मन्त्री शाह महमूज कुरेशीले यसको जानकारी दिदैं भने,‘ सैद्धान्तिक रुपमा कश्मीर मुद्दालाई अन्तराष्ट्रिय अदालतमा लग्ने फैसला गरिएको छ ।’
कुरेशीका अनुसार कानुनका पहलुलाई विचार गरेर यो फैसला गरिएको हो । पाकिस्तानी प्रधानमन्त्रीका विशेष (सूचना) सल्लाहकार फिरदौस आशिक अवानले सैद्धान्तिक रुपमा कश्मीर मुद्दालाई अन्तराष्ट्रिय अदालतमा लान मन्त्री परिषदले अनुमती दिएको जानकारी दिए ।
 

विहीबार, ०५ भदौ २०७६, १३ : २५

प्रतिक्रिया