इन्धनको मूल्य बढेर प्रतिव्यारेल ८० डलर पुग्यो, नेपालमा पनि मूल्यवृद्धि हुने

५ बर्ष अगाडि

काठमाडौं । इरान र अमेरिकाबीच विवाद चुलीएर सतहमा आएपछि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अत्याधिक मूल्यवृद्धि भएको छ ।

पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रति व्यारेल ८० अमेरिकी डलर पुगेको छ । पछिल्लो ६ महिनामा मात्रै इन्धनको मूल्य ३० अमेरिकी डलरले बढेको छ । सामान्यता एक व्यारेलमा १५९ लिटर हुन्छ ।

अमेरिका र विश्व समुदायले इरानसँग गरेको आणविक सम्झौताबाट एकल रुपमा अमेरिका बाहिरिएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य एकाएक बढेको हो ।

इरानले तेल निर्यात बन्द गरेको छ । आफ्नो सार्वभौमसत्तामाथि अमेरिका हावी हुन खोजेको र विगतको सर्वपक्षीय सम्झौताबाट भागेको भन्द्यै इरानले तेल निर्यात बन्द गरेको जनाएको छ । तेल उत्पादनक राष्ट्रहरुको संगठन(ओपेक)को महत्वपूर्ण सदस्यका रुपमा इरान रहेको छ । भारतलगायत दक्षिण एसियाली मुलुकमा आउने इन्धनको प्रमुख स्रोतको रुपमा इरान रहेको छ ।

भारतमा आयात हुने कूल इन्धन मध्ये ७० प्रतिशत बढी इन्धन इरानबाट आयात हुने गरेको छ । साउदी अरब र इरानबीच पनि राम्रो सम्बन्ध छैन । तर कतारसँग भने इरानको सम्बन्ध सुधार हुँदै गएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै भारतमा समेत बिहिबारदेखि इन्धनको मूल्य वृद्धि गरिएको छ । भारतमा मूल्यवृद्धि भएपछि त्यसको प्रभाव नेपालमा स्तहः नै पर्ने देखिएको छ ।

पछिल्लो मूल्यसूचीअनुसार भारतमा पेट्रोलियम पदार्थको मूल्य बढेर प्रतिलिटर ८५ रुपैयाँ २९ पैसासम्म पुगेको छ ।

यो मुम्बइको मूल्य हो । इन्डियन आयल कर्पोरेशनकाअनुसार भारतको राजधानी नयाँ दिल्लीमा इन्धनको मूल्य प्रतिलिटर ७७ रुपैयाँ ४७ पैसा भारु पुगेको छ । यो मूल्य हालसम्मकै उच्च मूल्य भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आगामी जुन १ मा इण्डियन आयल कर्पोरेशन लिमिटेडले नयाँ मूल्य सूची पठाउनेछ । सो मूल्यसूची आए लगत्तै नेपालमा समेत इन्धनको मूल्यवृहि हुने देखिएको छ ।

हाल पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ रहेको छ । यस्तै डिजेलको मूल्य प्रतिलिटर ९२ रुपैयाँ पुगेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया