एक हजारले बढ्यो सुनको भाउ

बुधबार, १८ भदौ २०७६, ११ : २९

काठमाडौं– बुधबार सुन र चाँदीको भाउ बढेको छ ।

मंगलबार तोलामा ७२ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार रु एक हजार बढेर ७३ हजार ५०० मा कारोबार भएको हो ।  
यस्तै तेजावी सुन ७३ हजार २०० मा कारोबार भएको छ ।

यसैगरी मंगलबार तोलामा रु ८९५ मा कारोबार भएको चाँदीको मूल्य बुधबार तोलामा रु ९४० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार, १८ भदौ २०७६, ११ : २९

प्रतिक्रिया