चीनमा पहिरो नौ जना बेपत्ता

विहीबार, १९ भदौ २०७६, १३ : ३७

दक्षिणपश्चिम चीनको युनान प्रान्तमा बिहीबार बिहान गएको एक पहिरोमा परी नौ जना व्यक्तिको बेपत्ता भएका स्थानीय अधिकारीहरुले जनाएका छन् । 

भारी वर्षापछि स्थानीय समयाअनुसार बिहीबार बिहान ४ः४० बजे किआओजीया जिल्लाको झाओटोङ्ग शहरमा सो पहिरो गएको देश सुचना विभाग जनाएको छ ।

यस पहिरोमा फसेकाहरुको उद्धारकार्य जारी रहेको बताइएको छ । 

विहीबार, १९ भदौ २०७६, १३ : ३७

प्रतिक्रिया