सोह्र जनाको ज्यान जाने गरि झडप

शुक्रबार, २० भदौ २०७६, १३ : ५१

अफगानिस्तानको उत्तरी प्रान्त तखारमा प्रहरी जाँचचौकीमा  तालिबान लडाकू समूहले गरेको एक आक्रमणमा परी कम्तीमा १६ व्यक्तिको मृत्यु भएको छ । 

तालिबान लडाकू समूहले गरेको आक्रमणपछि सुरक्षाबल र लडाकूबीच भएको झडपमा परी छ सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै अन्य चार घाइते भएका छन् ।

दर्काद जिल्लामा भएको यस झडपमा परी आठ तालिबान लडाक्ू मारिनुको साथै अन्य पाँच घाइते भएका छन्  । प्रान्तीय सरकारका प्रवक्ता मोहमद जवाल हिज्रीले सिन्ह्वा समाचार समितिलाई उक्त जानकारी दिनु भएको छ । 

यस प्रान्तको कैयौ पहाडी इलाकामा लुकेर सुरक्षित वासस्थान बनाइरहेका तालिबान लडाकू समूहले बारम्बार सुरक्षा अधिकारी लक्षित आक्रमण गर्दै आएका छन् । 

शुक्रबार, २० भदौ २०७६, १३ : ५१

प्रतिक्रिया