कुखुराको भालेले ठुंगेर महिलाको मृत्यु

शनिबार, २१ भदौ २०७६, १६ : ११


 सीएनएन – अष्ट्रेलियामा एक महिलाले कुखुराको भालेले ठुंगेर ज्यान गएको छ ।  

कुखुराको ठुङ्गाईबाट ७० कटेकी ती महिलाको मृत्यु भएको घटनाबाट प्याथोलोजिष्टहरु पनि आश्चर्यमा परेका थिए । त्यसैले सत्यतथ्य बुझ्न प्याथोलोजिष्टहरुको एउटा समूहले अनुसन्धाननै गरेको समाचारमा उल्लेख छ।
 
अनुसन्धानबाट प्राप्त निष्कर्ष अगष्टको अन्त्यतिर प्रकाशित ‘जर्नल फोरेन्सिक साइन्स’मा छापिएको छ । 

युनिभर्सिटी अफ एडेलेड र नेदरल्याण्डको फोरेन्सिक इन्टीच्युटका प्याथोलोजिष्ट संलग्न अनुसन्धानमा महिलाको मृत्युबारे भनिएको छ ,‘अष्ट्रेलियामा घरमा पालिएको एउटा कुखुराको भालेले एक महिलाको देव्रे खुट्टामा आक्रमण गरेको थियो । भालेको ठुङगाईले महिलामा अनियन्त्रित रक्तश्राव भएपछि उनको निधन भयो ।’

‘कुखुराको भालेले महिलाको खुट्टामा पहिलेदेखि सुन्निएको नसा (भ्यारिकोस भेन)मा ठुङ्ग्न पुगेको थियो । रक्तनली फुटेर अत्यधिक रक्तश्राव हुदाँ उनको मृत्यु भएको देखिन्छ ,’ अनुसन्धान पेपरमा लेखिएको छ ।


 

शनिबार, २१ भदौ २०७६, १६ : ११

प्रतिक्रिया