र्नाटकका पूर्व क्याबिनेट मन्त्री तथा काँग्रेसका नेता रामनाथ रायले प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध विवादित भाषणले चर्चामा आएका छन् ।
काँग्रेस नेता रायले मोदीको तुलना पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग गर्दै दुवै एकै आमाका सन्तान भएको र दुवैले चुनाव जित्नका लागि एक अर्काविरुद्ध अभिव्यक्ति दिएको बताए । उनले मोदी र इमरान खान एकै प्रकारका नेता भएको बताए ।
उनले एक पत्रकार सम्मेलनमा भने, ‘नरेन्द्र मोदी र इमरान खान एकै आमाका सन्तान हुन् । दुवै चुनाव जित्न एकअर्काविरुद्ध अनेक भाषण गर्छन् । दुवै एकै प्रकारका नेता हुन् ।’
दक्षिण कन्नड जिल्लामा आयोजित पत्रकार सम्मेलनमा रायले मोदी नेतृत्वको केन्द्रीय सरकार र येदुयुरप्पा नेतृत्वको कर्नाटक सरकारको चर्को आलोचना गरे ।
रामनाथ राय सिद्धारमैया सरकारमा सन् २०१३ देखि २०१८ सम्म वन तथा वातावरण मन्त्री बनेका थिए ।
उनको भनाईप्रति भाजपाका नेताले कडा टिप्पणी गरेका छन् । भाजपा नेता शोभा करंदजाले एक पटक फेरि काँग्रेसको चरित्र बाहिर सार्वजनिक भएको टिप्पणी गरेकी छन् ।
प्रतिक्रिया