एजेन्सी । विश्वमा अनेकौं प्रकारका संरचनाहरु निर्माण भएका छन् । यसका साथै विभिन्न देशमा विभिन्न प्रकारका होटलहरु निर्माण भएका छन् भने कति होटलहरु निर्माण हुँदैछन् र भविष्यमा बन्नेछन् । ती होटलहरुका आफ्नै विशेषता रहेका छन् । यसमध्ये साउदी अरबमा बन्दै गरेको विश्वकै सबैभन्दा ठूलो होटल अब्राज कुदाइ रहेको छ । यस होटल सम्बन्धि अनौठा तथ्यहरु रहेका छन् । जसबारे चर्चा गरौं ।
१. होटलमा १० हजार कोठाहरु हुनेछन् ।
२.भवनमा १२ टावरहरु रहेका छन, जसमध्ये १० मा चार स्टार आवास सुविधा हुनेछ भने बाँकी २ पाँच तारे सुविधाका हुनेछन् ।
३. सबैभन्दा ठूलो टावरमा ४५ तला हुनेछ भने सबैभन्दा सानोमा ३० तला हुनेछ ।
४. पाँच तलाहरु केवल साउदी शाही परिवारको उपयोगको लागि हुनेछ ।
५. यसमा कमसेकम ४ हेलिप्याड हुनेछ ।
६. पाहुनाका लागि विभिन्न ७० प्रकारका रेष्टुरेन्ट हुनेछ ।
७. यस भवनको निर्माण बजेट ३.५ बिलियन डलर रहेको छ ।
यसका साथै अन्य जानकारीका लागि तल भिडियोमा हेरौं:
प्रतिक्रिया