कारबाहीमा तीस लडाकू मारिए

बुधबार, २५ भदौ २०७६, १७ : १३

अफगानिस्तानको उत्तरी प्रान्त तखारमा भएको हवाई कारबाहीमा परी ३० तालिबान लडाकू मारिएका स्थानीय स्रोतले बुधबार जानकारी दिएका छन् । 

ख्वाजा बहाउद्दीन जिल्लाको बाहिरी इलाकामा उक्त हवाई कारबाही भएको थियो । सो कारबाहीमा परी कम्तीमा ३० लडाकू मारिनुको साथै अन्य कैयौ घाइते भएको अफगान सेनाका अधिकारी अब्दुल खलिल खलीलीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनुभयो । 

सो कारबाहीको क्रममा अपहरणकारीहरुको सवारी साधन पनि ध्वस्त पारिएको खलिलीले बताउनु भएको थियो । यो कारबाही अफगान वायुसेना वा नेटोको नेतृत्वमा गठबन्धन सेना कसले गरेको हो सो भने प्रष्ट भएको छैन । 

यसै महिनाको शुरुदेखि नै यो प्रान्तमा तािलबान लडाकू र सुरक्षा अधिकारीबीच भीषण भीडन्त हुँदै आएको छ ।तालिबान लडाकू समूह र सुरक्षाबलसँगको ठूलो झडपपछि छिमेकीमा पर्ने याङगी काला र दार्कद जिल्लालाई  तालिबानले कब्जा गरेका छन् । 

बुधबार, २५ भदौ २०७६, १७ : १३

प्रतिक्रिया