अमेरिकामा गोलीकाण्ड, तीनको मृत्यु दुई घाइते

शुक्रबार, २७ भदौ २०७६, १३ : ३३

अमेरिकाको आल्बुक्वार्कु प्रहरीले एक गोलीकाण्डमा तीन जनाको मृत्यु हुनुका साथै अरु दुई जना घाइते भएको जनाएको छ । 

प्रहरीले नगरको लुरा प्लेस साउथवेस्टमा गोली चलेको र प्रहरीले उक्त स्थानमा घेरा हालेको बताएको छ ।

घाइतेमध्ये एक जना निकै गम्भीर अवस्थामा रहेका छन् । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
 

शुक्रबार, २७ भदौ २०७६, १३ : ३३

प्रतिक्रिया