आज सुनको मुल्य कति ?

सोमबार, ३० भदौ २०७६, १२ : ४६

काठमाडौं – सुनको मूल्य आज प्रतितोला ११ सय रुपैयाँ बढेको छ ।

हिजो (आइतबार) प्रतितोला ७० हजार २ सय रुपैयाँ रहेको सुन आज प्रतितोला ७१ हजार ३ सय रुपैयाँ पुगेको छ ।

 तेजाबी सुन भने प्रतितोला ७१ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ८ सय ४० रुपैयाँ रहेको चाँदी आज २५ रुपैयाँ बढेर प्रतितोला ८ सय ६५ रुपैयाँ पुगेको हो ।

सोमबार, ३० भदौ २०७६, १२ : ४६

प्रतिक्रिया