फेरी भेट्दै मोदी र ट्रम्प

सोमबार, ३० भदौ २०७६, १३ : १५

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अमेरिकाको टेक्ससमा सेप्टेम्बर २२ मा भेट हुने भएको छ । अमेरिकी राष्ट्रपतिका तर्फबाट आइतबार व्हाइट हाउसले सो जानकारी दिएको छ । टेक्ससमा हुने कार्यक्रमको नाम ‘हाउडी मोदी’ राखिएको छ । हाउडी अमेरिकामा प्रचलित एक मित्रवत अभिवादन हो । 

व्हाइट हाउसले भनेको छ, ‘‘यसले दुवै देशका जनताबीच सम्बन्ध बढाउनुका साथै विश्वको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो लोकतन्त्रको बीचमा रणनीतिक सहयोगको बढाउन र उर्जा तथा व्यापारिक सम्बन्धको मजबुत गर्नलाई विचार गर्ने अवसर उपलब्ध हुनेछ ।’’

ह्युस्टनको एनआरजी स्टेडियमा हुने कार्यक्रममा ५० हजार भारतीय र अमेरिकी नागरिक सामेल हुने जनाइएको छ । केही साता अघिमात्रै पनि मोदी र ट्रम्वबीच भेटघाट भएको थियो । 

सोमबार, ३० भदौ २०७६, १३ : १५

प्रतिक्रिया