नेकपा कार्यकर्ताले फेरि गरे कांग्रेस नेता रिजालमाथि आक्रमण, हतियार, ढुंगा र लाठीले प्रहार

४ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालमाथि नेकपाका कार्यकर्ताले आक्रमण गरेका छन् । आइबार तनहुँको रिसिङ गाउँपालिका भवन उद्घाटन गर्न गएका रिजालमाथि हरियार, ढुँगा र लाठीले प्रहारको प्रयास गरिएको हो । 
 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले उनलाई गाउँपालिका कार्यालय जान नदिन बाटोमा रुढ ढालेर अवरोध सिर्जना गरेका थिए ।

नेता रिजालले आफूलाई नेकपाका कार्यकर्ताले हतियार र लाठीले आक्रमण गर्न खोजेको बताएका छन् ।  

गाउँपालिकाको बैठकले सर्वसम्मतिबाट भवनको उद्घाटन कांग्रेसका नेता रिजालबाट गराउने निर्णय गरेको थियो । गाउँपालिकाको निर्णयका विषयमा प्रहरी प्रशासनलाई समेत जानकारी रहेको बताइएको छ । 

 

४ बर्ष अगाडि

प्रतिक्रिया