माउन्टेन हाइड्रोको १२ लाख ५० हजार कित्ता आइपिओ बिक्री हुँदै

५ बर्ष अगाडि

काठमाडौँ । माउन्टेन हाइड्रो पावर कम्पनीले यही असार २२ गतेदेखिे साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएको छ । 
सो कम्पनीले असार २२ गतेदेखि रु १२ करोड ५० लाख बराबरको १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
 आईपीओ निष्कासन बन्द छिटोमा साउन ४ र ढिलोमा भदौ २० गतेसम्म हुने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।
न्युनतम ५० देखि अधिकतम ६००० हजार कित्तासम्म आईपीओ भर्न पाइने व्यवस्था गरिएको छ । 
आयोजना प्रभावितलाई छुट्टाइएको मध्ये रु ७ करोड ५० लाख बराबरको ७ लाख ५० हजार कित्ता पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाका लागि छुट्टाइएको छ । 
यस्तै रु ५ करोड बराबरको ५ लाख कित्ता आईपीओ पाँचथरका अन्य क्षेत्रका स्थानीयबासीलाई निष्कासन गरिएको छ ।
कम्पनीले २१.६ मेगावाटको तल्लो हेवाखोला आयोजना निर्माण गरिरहेको छ । 
आयोजना बनाउन रु ३ अर्ब ९५ करोड लाग्ने अनुमान  छ । आयोजनाको प्रतिमेगावाट लागत रु १८ करोड ३० लाख छ । 
आयोजनाको ८९ प्रतिशत काम सम्पन्न भएको छ । आयोजनामा ८० प्रतिशत संस्थापक र २० प्रतिशत सर्वसाधारणको लगानी हुने छ । १० प्रतिशत आयोजना प्रभावित स्थानीयबासीलाई  र १० प्रतिशत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ ।
आयोजनामा साधारण लगानी ८.१६ वर्षमा फिर्ता हुने छ । आयोजनाको डिस्काउन्टमा लगानी फिर्ता हुने समय ११ वर्ष रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९३.९१ छ । 
आईपीओबाट संकलन हुने रकम कम्पनीले सिभिल तर्फ सुरुङको फिनिसिङ, हाइड्रोमेकानिकल र इलेक्ट्रोनिकमेकानिकल उपकरण जडान र प्रसारणलाइन निर्माणमा खर्च गर्ने कम्पनीले जनाएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया