पुर्व प्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अबको एकमात्र वाटो आर्थिक विकास र वेरोजगारीको अन्त्य भएको वताएका छन्।
आज भक्तपुरको सरस्वती खेलमा आयोजित चुनावी सभामा वोल्दै नेता नेपालले भने 'अब सिङ्गो राष्ट्रको ध्यान आर्थिक क्रान्तिमा केन्द्रित हुनुपर्ने आवश्यकता छ।'
नेपालले भावी पुस्तालाई समृद्ध र विकसित नेपाल हस्तान्तरण गर्नुपर्ने वताए। भक्तपुर १(क)मा आगामी मंसिर १४ गते हुने उप निर्वाचनमा नेकपा उम्मेदवार डिपि ढकाललाई जिताउन नेपालले अपिल गरे।
डिपि ढकालका पछाडि सिङ्गो नेकपा छ, सिङ्गो सरकार छ, सिङ्गो प्रदेश सरकार छ , सिङ्गो नगरपालिका छ भन्ने जिकिर गर्दै नेपालले थपे त्यसैले यस क्षेत्रको विकास र समृद्धिको नेतृत्व ढकालले मात्र गर्न सक्छन् ।
चुनावी सभामा नेकपाका केन्द्रीय सदस्य एवम् सांसद महेश बस्नेतले ढकालको जित सुनिश्चित भैसकेको दावी गरे। सभामा उम्मेदवार डिपि ढकालले आफ्ना चुनावी प्रतिवद्धता राखेका थिए।
प्रतिक्रिया