काँग्रेसका पुराना नेता नेकपामा

आइतबार, ०८ मंसिर २०७६, २० : ३७

पोखरा । नेकपा उम्मेद्वार विद्या भट्राईले गा्रमिण क्षेत्रको विकास विना समृद्घ राष्ट्रको कल्पना गर्न नसकिने बताएकी छिन् । 

चुनावी प्रचार अन्र्तगत  पोखरा १६ अर्मलामा आयोजित घरदैलोका क्रममा अर्मलाकोट, पात्ले डिही गाउँमा भएका कोणसभामा वोल्दै उनले महानगर भित्रै भएर पनि अर्मला क्षेत्र पिछाडिएको वताउँदै, यस्ता क्षेत्रको विकासका लागि पनि आफु जनताको विचमा आएको स्पष्ट पारिन् । 
 अर्मलाका विभिन्न ठाउँमा सडक निर्माणको कार्यले पुणर््ाता नपाइसकेको भन्दै उम्मेदवार अधिकारीले यसको पुर्णता नै आफ्नो प्राथामिकता रहेको बताइन् । 


यसैबीच २० वर्ष देखि काग्रेसको सक्रिय राजनितिमा लागेका पुर्व अर्मला गाउ कमिटीका सचिव धर्मराज आचार्य नेकपामा प्रवेश गरेका छन् । 
हाल काग्रेसद्वारा गठित हरिपाउ मुलाछर्ने क्षेत्रको चुनावी कमाण्डर समेत रहेका आचार्यले नेकपाको सहारा विना विकास निर्माण संभव नरहेकाले आफु नेकपामा प्रवेश गरेको वताउनुभयो । अमलाविसौनी घार्मी आलेवारी सडकका अध्यक्ष समेत रहेका आचार्य विभिन्न संघ संस्थामा आवद्घ छन् ।

आइतबार, ०८ मंसिर २०७६, २० : ३७

प्रतिक्रिया