प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने

६ बर्ष अगाडि

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले आज (बिहीबार) राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने भएका छन् । निर्वाचन आयोगले बुधबार प्रतिनिधिसभाको निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गरेपछि प्रधानमन्त्रीले बिहीबार राजीनामा दिने भएका हुन् । कानुनतः निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष निर्वाचन परिणाम बुझाएपछि स्वतः नयाँ सरकार गठन प्रक्रिया सुरु हुन्छ  ।

देउवाले बिहीबार बिहान ९ बजे मन्त्रिपरिषद्को अन्तिम बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार अन्तिम मन्त्रिपरिषद्को बैठकलगत्तै प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको छ । ‘प्रधानमन्त्रीज्यूले बिहीबार बिहान ९ बजे मन्त्रिपरिषद्को अन्तिम बैठक बोलाउनुभएको छ, त्यसलगत्तै राष्ट्रका नाममा सम्बोधन गरेर नयाँ सरकारका लागि मार्गप्रशस्त गर्नुुहुनेछ,’ परियारले भने ।

बुधबार नै मन्त्रिपरिषद्को बैठक बस्ने र प्रधानमन्त्रीले राजीनामा दिने तयारी भए पनि बिहीबारका लागि सारिएको उनले बताए, नयाँ पत्रिका दैनिकमा खबर छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया