नवराज सिलवाल अब फरार अभियुक्त

६ बर्ष अगाडि

काठमाडौँ- एमाले सांसद तथा नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालविरुद्धको किर्ते मुद्दा प्रहरीले अनुसन्धानपछि बुधबार सरकारी वकिलको कार्यालयमा पेस गरेको छ ।

मुद्दा पेस भएसँगै सिलवाल कानुनी रूपमा फरार अभियुक्त करार भएका छन् । महान्यायाधिवक्ता वसन्तराम भण्डारीले सिलवालविरुद्धको किर्ते मुद्दा सरकारी वकिल कार्यालयमा पेस भएको बताए । ‘सिलवालविरुद्धको किर्ते मुद्दा अनुसन्धानपछि प्रहरीले सरकारी वकिल कार्यालयमा पेस गरेको छ । वकिल कार्यालयले अब मुद्दा अनुसन्धान गर्नेछ । त्यसपछि अदालतमा अभियोगपत्र दर्ता गर्नेछ,’ उनले भने ।

महान्यायाधिवक्ता भण्डारीले मुद्दा पेसपछि सिलवाल कानुनी रूपमा पनि फरार अभियुक्त बनेको बताए । नयाँ पत्रिकामा खबर छ |

 

 

६ बर्ष अगाडि

प्रतिक्रिया