वासिङ्टन– अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर पिसाब नलीमा आएको समस्याका कारण उपचारका लागि अस्पताल भर्ना भएका छन् । उनलाई जर्जिया राज्यको फोब मेडिकल सेन्टरमा उपचारका लागि भर्ना गरिएको हो ।
उनी हाल ९५ वर्षका रहेका छन् । अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको र निरन्तर सुधारोन्मुख रहेको छ । उनी केही दिनमै अस्पतालबाट डिस्चार्ज हुनुहुने पनि अस्पतालले जनाएको छ ।
गत नोभेम्बरमा पनि कार्टरको मस्तिष्क श्राव भएको भन्दै शल्यक्रिया गरिएको थियो । उनी अमेरिकाका ३९ औं राष्ट्रपति हुन् । उनको कार्यकालमा ४० वर्षअघि अमेरिका र चीनबीचको कुटनीतिक सम्बन्ध सुधार भएको थियो
प्रतिक्रिया