ऋणले थिचिँदै भूकम्पपीडित

६ बर्ष अगाडि

सिन्धुपाल्चोक  — भोटेकोसी गाउँपालिकाको तातोपानीका कबोलबहादुर शेर्पाले पहिलो किस्ता अनुदान पाएपछि जग्गा धितो राखे । स्थानीय सहकारीबाट चार लाख ऋण लिए पनि निर्माण सामग्री र कामदार अभावले घर निर्माणलाई तीव्रता दिन सकेनन् । दुईकोठे घरको संरचना झ्यालसम्म पुग्दा उनलाई १४ प्रतिशत ऋणको ब्याजले थिचिरहेको छ ।

‘घर बनाउने काम त गरिंदैछ, ऋण कसरी तिर्ने त्यसकै पिरलो बढी छ,’ उनले भने, ‘पूरै किस्ता लिंदासमेत आवास बनाउन हम्मे पर्‍यो ।’ आर्थिक स्रोत बलियो नभएकै कारण घर बनाउन मुस्किल परिरहेको उनले बताए । सडक सञ्जालले जोडिए पनि निर्माण सामग्री खरिद र ढुवानीदेखि कामदारसम्म महँगो मूल्य चुकाउनुपर्दा शेर्पालाई ऋणको भारीले थिचेको छ ।

शेर्पाको जस्तै पीडा खेपिरहेकी छन्, चौतारा साँगाचोकगढी नगरपालिकाको इर्खुकी शान्ति तामाङ । ‘सरकारले अनुदान दिएकै हो, तर हामी जस्ता गरिबका लागि घर बनाउनु युद्ध बराबरकै काम भयो,’ उनले भनिन्, ‘यो चारकोठे घर बनाउन झन्डै सात लाख खर्च भयो । तामाङले कृषि विकास बैंकमा जग्गा धितो राखेर पाँच लाख ऋण लिएकी छन् ।
यी केही प्रतिनिधि उदाहरण मात्रै हुन् । जिल्लाका अधिकांश भूकम्पपीडितले बैंक र सहकारीबाट ऋण लिएर पुनर्निर्माणलाई तीव्रता दिइरहेका छन् । सरकारी मापदण्डको अन्योलताबीच भूकम्पपीडित महँगीका कारण ऋणमा डुबिरहेका छन् । कान्तिपुरमा खबर छ |

६ बर्ष अगाडि

प्रतिक्रिया