राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालबालिका र मानसिक उपचार सेवा शुरु

सोमबार, २१ पुस २०७६, १० : ३२

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा बालबालिका र मानसिक रोगको उपचार सेवा शुरुआत भएको छ । 

ती सेवाका लागि विशेषज्ञ चिकित्सक प्रतिष्ठानमा आउनुभएपछि  सेवा शुरु गरिएको शाखा अधिकृत झंकार लामिछानेले जानकारी दिए । 

 बरिष्ठ बालरोग विशेषज्ञ डा नेत्रप्रसाद वञ्जाडेले यहाँ सेवादिन थालेका छन । । प्रतिष्ठानले कन्सल्टेन्ट फिजिसियन र बालरोग विशेषज्ञ थप्ने तयारी गरेको छ । 


 अधिकृत लामिछानेले अहिले पाँच जना विशेषज्ञ चिकित्सक थप गरेको जानकारी दिए ।  मानसिक रोग उपचार सेवासमेत प्रतिष्ठानले शुरु गरेको छ ।  सघन उपचार कक्ष र थप विशेषज्ञ सेवा थप्ने गरी प्रक्रिया अघि बढाएको रजिष्ट्रार रामप्रसाद प्याकुरेलले बताए ।   विगतको तुलनामा यहाँ बिरामीको सङ्ख्या बढेको छ । 

  प्रतिष्ठानले पछिल्लो समय दाँत उपचार सेवाका लागि आधुनिक प्रयोगशालासमेत सञ्चालनमा ल्याएको थियो  ।  

अब जटिल प्रकारको शल्यक्रिया गर्न समेत जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ । प्याथोलोजि सेवा, दिसापिसाब र रगत परीक्षण पनि प्रतिष्ठानमै परीक्षण हुने गरेका र प्रसूति सेवामा थप एक जना विशेषज्ञ थप भएको उनले जानकारी दिए ।  प्रतिष्ठानमा  रु दुई करोड बजेटसमेत विनियोजन भएको छ । 
 

सोमबार, २१ पुस २०७६, १० : ३२

प्रतिक्रिया