अक्सिजन खरिदका लागि रु साढे चार लाख सहयोग

विहीबार, २४ पुस २०७६, १० : ०३

कञ्चनपुरको भीमदत्तनगरपालिकाले यहाँस्थित महाकाली अस्पताललाई अक्सिजन खरिदका लागि रु चार लाख ५६ हजार आर्थिक सहयोग गरेको छ ।

नगरप्रमुख सुरेन्द्र विष्टले अक्सिजन आपूर्तिका लागि बुधबार एक समारोहबीच उक्त सहयोग रकम अस्पताललाई हस्तान्तरण गरेका छन ।

 सो अवसरमा नगरप्रमुख विष्टले अक्सिजन खरिदका लागि अस्पतालसित आर्थिक अभाव रहेको खबरले सो सहयोग रकम उपलब्ध गराइएको जानकारी दिए ।

अस्पतालका प्रमुख एवम् मेडिकल सुपरिटेन्डेन्ट डा हरिकृष्ण श्रेष्ठले अस्पताललाई गरेको सहयोगप्रति नगरपालिकालाई आभार प्रकट गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा रहेको बताए ।

 यसअघि भीमदत्तनगरपालिकाले जिल्ला रेडक्रस सोसाइटी कञ्चनपुर शाखालाई समेत ब्लड बैंकका लागि आर्थिक सहयोग गरेको थियो ।
 

विहीबार, २४ पुस २०७६, १० : ०३

प्रतिक्रिया