माघ १ देखि जनकपुर उडान भर्दै श्री एयरलाईन्स

मंगलबार, २९ पुस २०७६, १० : १६

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले भोलि माघ १ गतेदेखि जनकपुरमा नियमित उडान शुरु गर्ने भएको छ।

नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति दिएसँगै श्रीले दैनिक एउटा उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

श्रीले केही महिनाअघि भित्र्याएको नयाँ टर्बोप्रोप क्यु–४०० जहाजमार्फत जनकपुर उडान गर्न लागको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले बताएका छन।

उक्त गन्तव्य उडान भर्नका लागि श्री एयरलाइन्सले गत मङ्सिर १५ गते जनकपुर र सिमरामा परीक्षण उडान समेत गरेको थियो।

कम्पनीले निकट समयभित्रै सिमरा र पोखरामा पनि उडान भर्ने तयारी गरेको छ। श्रीको जहाज काठमाडौंबाट दिउँसो १२ बजेर ३० मिनेटमा उड्ने छ भने जनकपुरबाट १ बजेर ३० मिनेटमा काठमाडौं आउने छ ।

श्रीले अहिले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा उडान भर्दै आएको छ।

मंगलबार, २९ पुस २०७६, १० : १६

प्रतिक्रिया